कसरी कमायो एमालेले ५ बर्षमा २२ करोड ३२ लाख ?

रमेश अधिकारी / असनेपाल न्युज

असार २२, काठमाडौं- काठमाडौँमा जारी एमालेको नवौ महाधिबेशनमा प्रस्तुत आर्थिक प्रतिबेदनले पार्टीले ५ वर्षमा २२ करोड ३२ लाख आम्दानी गरेको देखाएको छ । केन्द्रीय लेखासमितिले महाधिबेशनमा प्रस्तुत गरेको प्रतिबेदनमा सो आम्दानी देखाइएको हो । पाँच बर्ष अगाडी बुटवलमा सम्पन्न  महाधिबेशन पछाडी पार्टीको खर्च भने १७ करोड ३१ लाख रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

पार्टीले गरेको सो आम्दानीको स्रोत प्रष्टसंग प्रतिबेदनमा नखुलाइएको भए पनि एमाले नेता प्रदिप ज्ञवालिका अनुशार पार्टीका तर्फबाट सरकारमा गएका नेता, सभासद, पार्टी सदस्यको लेबी तथा चन्दासंकलन मार्फत पार्टी कोषमा रकम जम्मा भएको हो । उनका अनुशार पार्टीसंग अझै करिब ५ करोड रुपैया मौजाद रहेको छ । प्रस्तुत प्रतिबेदनमा पार्टीमा लेखा परिक्षण, पेश्की फर्स्यौट तथा पार्टीको सम्पतिको लागत राख्ने बिषयमा अझै त्रुटी रहेको औल्याइएको छ ।

त्यस्तै आजै प्रस्तुत गरिएको पार्टीको केन्द्रीय अनुशासन कमिटिको प्रतिबेदनले पार्टीमा अनुशासन हिनता मौलाउदै गएको र बैचारिक बहसको कमि हुदै गएको जनाएको छ । प्रतिबेदनले पार्टीमा आधारभूत कार्यकर्ता घट्दै गएको र त्यस तर्फ बिषेश पहल गर्न महाधिबेशन प्रतिनिधिलाई सुझाएको एक प्रतिनिधिले असनेपाल न्युजलाई जानकारी दिएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु