हरियो तरकारीमा विषैविष, विषाक्त देखिएपनि कानुन नहुँदा नष्ट नगरी विक्रीवितरण

असार २२ । काठमाडौँ, छिमेकी भारत र स्वदेशकै विभिन्न जिल्लाबाट दिनहुँ राजधानी भित्रिने हरियो तरकारीमा अत्याधिक विषादी पाइने गुनासो सुनिन थालेको वर्षौ भयो ।

राजधानीमा बिक्री हुने तरकारीमा कति छ त विषादी ? ती खान योप्य छन् की छैनन् ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा १७ दिनदेखि तरकारीको विष नाप्ने मेसिनै राखेर यसको परीक्षण सुरु गरेको छ । बाली संरक्षण निर्देशनालयका प्राविधिकको परीक्षणमा देखियो, अधिकांश तरकारी खानै नहुने विषाक्त छन् तर जानीजानी त्यस्ता तरकारी बजारमा विक्री वितरण भइरहेको छ ।

किसानबाट ठेकेदार, बिचौलिया हुँदै बजार आइसकेको तरकारी फिर्ता पठाउने वा नष्ट गर्ने अधिकार सरकारसँग छैन् ।

किनकी, अहिलेसम्म यससम्बन्धि न कुनै कानुन छ, न त्यसले निर्धारण गरेको कार्यविधि वा निर्देशिका । त्यसैले परीक्षणमा अति विषादी भेटिएका तरकारी पनि खुलमखुला बिक्री भएर उपभोक्ताको भान्सामा पाकिरहेको छ ।

निर्देशनालयका अनुसार असार ४ यता कालीमाटीमा दिनहुँ विषदी परीक्षण भइरहेको छ ।
त्यसका लागि समितिकै कार्यालय भवनमा ‘स्पेट्रोफोटोमिटर’ मेसिनसहित निर्देशनालयका तीन प्राविधिक खटिएका छन् । ’विहान ६ बजेदेखि ११ बजेसम्म थाइल्यान्डबाट तालिमप्राप्त निर्देशनालयका प्राविधिबाट परीक्षण भइरहेको छ,’निर्देशनालयका एक उच्च अधिकारीलृे जानकारी दिए ,’तरकारी विषाक्त पाइएपनि बिक्रि भने रोक्न सकिएको छैन ।(नागरिक दैनिकबाट साभार )

Comments

comments

सम्बन्धित शिर्षकहरु