अर्जेन्टिना र नेदरल्याण्ड जारी विश्वकपको सेमी फाइनलमा

एजेन्सीको सहयोगमा

रमेश अधिकारी / असनेपाल न्युज

असार २२, ब्राजिलमा जारी फिफा विश्वकप २०१४ सेमी फाइनल खेल्ने टिमको टुंगो लागेको छ । विश्वकपको सेमिफाइनलमा दुइ  युरोपेली र दुइ दक्षिण अमेरिकि रास्ट्रहरु पुगेका छन् । युरोपेली राष्ट्र जर्मनी र नेदरल्याण्ड तथा दक्षिण अमेरिकी राष्ट्रहरु ब्राजिल र अर्जेन्टिना सेमिफाईनलमा पुगेका छन् ।

शनिवार बेलुका सम्पन्न क्वाटरफाइनलको खेलमा  अर्जेन्टिनाले युरोपेली राष्ट्र बेल्जियम बिरुद्ध १-० को जित निकाल्दै सेमी फाइनलमा स्थान पक्का पारेको हो । २४ बर्ष पछी अर्जेन्टिनालाई सेमीफाइनलमा पुर्याउन खेलको एक मात्र गोल हिगुइनले आठौं मिनेटमा गरे । डी मारियाको पासमा हिगुइनले गरेको गोल नै निर्णायक बन्न पुग्यो । जारि विश्वकपमा अर्जेन्टिनाको यो १ गोल अन्तरको पाचौ जित हो । अब अर्जेन्टिनाले नेदरल्याण्डसंग सेमी फाइनल खेल्ने छ ।

त्यसै गरि आइतबार बिहान भएको अर्को क्वाटर फाइनलमा नेदरल्याण्डले पेनाल्टी सुट आउटमा कोस्तारिकालाई हराउदै सेमी फाइनलको यात्रा तय गरेको छ । निर्धारित ९० मिनटमा दुवै पक्ष बाट गोल हुन् नसके पछी थप गरिएको ३० मिनेटमा पनि दुवै टीमले गोलरहित बराबरी खेलेका थिए । निर्धारित र थप गरेको समयमा गोल हुन नसके पछी खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा नेदरल्यान्डले कोस्टारिकालाई ४- ३ ले हराएको हो ।अब सेमी फाइनलमा ब्राजिल बिरुद्ध जर्मनी र अर्जेन्टिना बिरुद्ध नेदरल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु