एनआरएन भवन बनाउन ‘गाला डिनर बाट ‘ २५ हजार डलर

सिड्नी। गैरआवासीय नेपालीहरुको संघ एनआरएनएको क्न्द्रीय भवन काठमाडौंमा निर्माण गर्नका लागि अस्ट्रेलियाबाट हाल सम्म ८० लाख संकलन भएको छ। सिड्निमा हालै सम्पन्न’ गाला डिनर’ बाट करीव २५ हजार डलर संकलन भएको छ। अस्ट्रेलियाबाट करीव साँढे ३ करोड उठाउने लक्ष्य अनुरुप सिड्नी बाट गाला यो अर्थ संकलन गर्ने सुरुवात गरिएको छ ।एन आर एन अष्ट्रेलिया र ओसियाना ईभेन्ट म्यानेजमेन्ट टिमको संयुक्त प्रस्तुतिमा सिड्निको ग्र्यानभिलमा सो रात्री भोज आयोजना गरिएको जनाइएको छ। कार्यक्रममा लगभग २ सय भन्दा बढी नेपालीहरुको सहभागिता रहेको थियो ।यद्दपि सिड्नीको ग्रान्डभीलमा आयोजना गरिएको सो कार्यक्रममा करिव ४ सय जनाको अपेक्ष्या रहेको थियो । अस्ट्रेलियाको अन्य शहर ब्रिसबेन मा जुलाई १८, क्यानवेरामा जुलाई १२ ,मेलवर्न मा २६ मा पनि यस्तै गाला डिनर सम्पन्न हुने एन आर एन क्षेत्रिय संयोजक बिष्णु हमाल असनेपालन्युजलाई बताउनुहुन्छ । सो भवन निर्माणका लागि कुनै एक ब्यक्तिले मात्र पनि योगदान दिन सक्ने भए पनि सबैको सहभागीता का लागि संसार भर नै यस्तो अर्थ संकलन कार्य थालिएको एन आर एन अध्यक्ष शेष घले असनेपालन्युजलाई बताउंछन। पथिभरा जेष्ठ नागरिक श्रद्धाश्रम निर्माणका लागि केही महिना अघि मात्र अस्ट्र्लियाका नेपालीहरूले चन्दा सहयोग गरेकोमा लगत्तै एन आर एन भवन निर्माणमा समेत अर्थ सहयोग अव्हान गर्दा सहयोग दर कम हुन सक्ने नेपाली समुदायका केही प्रतिनिधिहरूको भनाइ छ। एन आर एन भावन निर्माणका लागि करिव १५ करोड रुपैयाँ रकम संकलन गर्नु पर्ने हुन्छ । सिड्नीका समुदायका प्रतिनिधि हरूले सो गाला डिनरमा नेपालीको परोपकारका लागि सहयोग गर्ने परम्परा भएको ले नयां पुस्ताले सम्झने गरि सबैले सहयोग गर्नु पर्ने बताएका छन। कार्यक्रममा न्यू साउथ वेल्सकालागि नेपाली अवैतनिक महावाणिज्यदूत दीपक खड्का, एनआरएन आईसीसी अध्यक्ष शेष घले ,एनआरएनएका प्रवक्ता मन केसी , एनआरएनकी सचिव रञ्जु वाग्ले, एनआरएन ओसियानाका क्षेत्रीय संयोजक विष्णु हमाल, एनआरएन अष्ट्रेलिया का अध्यक्ष महेन्द्र ओली, लगायतले सबैलाई सहयोगका लागि अनुरोध गरेका थिए । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

nrn2nrn3nrn4

Comments

comments

सम्बन्धित शिर्षकहरु