नेविसंघको महाधिबेशन भदौमा गर्न कांग्रेसको निर्देशन

रमेश अधिकारी/ असनेपाल न्युज

असार २१, काठमाडौँ  – बिबादका बीच लामो समय देखि हुन नसकेको नेपाल विद्यार्थी संघको महाधिवेशन भदौ २९, ३० र ३१ मा गर्न नेपाली कांग्रेसले निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टीको  पदाधिकारी बैठकले नेविसंघले प्रस्ताब गरेको उक्त मितिमा सहमति जनाउदै महाधिवेशन गर्न निर्देश गरेको हो ।

नेपाली कांग्रेसको भात्री संगठन संघको महाधिवेशनको लागि पटक-पटक मिति तोकिदै आएको भएपनि सर्दै आएको थियो । पछिल्लो पटक पनि जेठमा महाधिवेशन गर्ने भनि मिति तोलिएको भएपनि तयारी नपुगेको भन्दै रोकिएको थियो ।

त्यसैगरी संसद बिकास कोष मार्फत प्रत्येक निर्वाचन क्षेत्रका सभासदहरुले माग गरेको ५ करोड रुपैयाँको दुरुपयोग हुन सक्ने भन्दै कांग्रेस पधधिकारिले येसरी छुट्याउने बजेट संसदीय कोष नभनेर कार्यक्रमको मातहतमा ल्याउने बारे छलफल भएको बताइएको छ । उक्त बैठकमा पार्टीका शीर्ष नेता र मन्त्रीहरुको सहभागिता रहेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु