जर्मनी विश्वकपको सेमिफाइनालामा पुग्ने पहिलो टोलि

रमेश अधिकारी / असनेपाल न्युज

असार २०, काठमाडौँ

जर्मनी फुटबलको महाकुम्भ विश्वकपको सेमी फाइनलमा पुग्ने पहिलो टोलि बनेको छ । ब्राजिलको मारकाना स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा फ्रान्सलाई १-० ले हराउदै जर्मनीले सेमी फाइनलको यात्रा तय गरेको हो ।

निकै प्रतिष्पर्धापूर्ण खेलको १३ औ मिनेटमा टोनी क्रुजको फ्री किकमा म्याट्स हमेल ले हेडर मार्फत गरेको गोलको सहायताले जर्मनीले फ्रान्सलाई हराएको हो । खेलको शुरुदेखि नै दुवै टिम आक्रमणमा उत्रेका भए पनि गोलरहित मौनता १३ औ मिनेटमा २५ बर्षिय हमेलले तोडेका थिए । आखिर त्यही गोल खेलको निर्णायक गोल बन्न पुग्यो । खेलको दोस्रो हाफमा फ्रान्सले जर्मनीलाई दवाव दिए पनि गोल भने फर्काउन सकेन । दोस्रो हाफमा फ्रान्सका बेन्ज्यमाले गरेको प्रहार जर्मनीका गोल रक्षकले उत्कृष्ट बचाव गर्दै विफल बनाएका थिए ।

जर्मनीले अब सेमी फाइनलमा ब्राजिल र कोलाम्बीयाको खेलको बिजेता संग उपाधिका लागि भिड्ने छ ।

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु