विश्वकपको क्वाटरफाइनलका खेल शुरु हुदै:आज ब्राजिल बिरुद्ध कोलम्बिया र फ्रान्स बिरुद्ध जर्मनी भिड्ने

एजेन्जीको सहयोगमा  रमेश अधिकारी/ असनेपाल न्युज

असार २०, रियो द जेनेरियो – ब्राजिलमा जारि विश्वकपको क्वाटर फाइनलका खेलहरु आजबाट शुरु हुदै छन् । आज दुइ युरोपेली जाएंट फ्रान्स र जर्मनी तथा आयोजक ब्राजिल र कोलम्बियाबीच खेल हुदै छन् ।

आज हुने पहिलो खेलमा दुइ युरोपेली बलिया टिम जर्मनी र फ्रान्स भिड्दै छन् । जर्मनीले अन्तिम १६ मा अल्जेरिया संगको निकै कठिन जितका लागि थप समयमा २-१ गोल गरेको थियो । उता जारि विश्वकपमा पछिल्लो खेलहरुमा उत्कृष्ट फर्ममा रहेको फ्रान्सले अन्तिम १६ मा खेलको अन्तिम ११ मिनेटमा नाइजेरियालाई २-१ ले हराएको थियो । आजको प्रतियोगिता पछी विस्वकपमा युरोपेली देशको संख्या घट्ने छ ।

त्यस्तै आजै हुने अर्को खेलमा घरेलु टोलि ब्राजिलले अप्रत्यासित रुपमा राम्रो  खेल पस्किरहेको कोलम्बियाको सामना गर्ने छ । घरेलु टिम ब्राजिलको हालसम्मको खेल सोचे जस्तो रहेको छैन । अन्तिम आठ सम्मको यात्रा तय गर्न ब्राजिललाइ निकै कठिन भएको थियो । अन्तिम १६ को खेलमा ब्राजिलले चिलिलाई ट्राइबेकरमा हराएर मात्र क्वाटर फाइनल सम्मको यात्रा तय गरेको हो । तर ठिक बिपरित अर्को दक्षिण अमेरिकी टिम कोलम्बिया भने अप्रत्यासित रुपमा उत्कृष्ट खेल पस्कँदै अन्तिम ८ सम्मको यात्रा तय गरेको छ । उसले अहिलेसम्म खेलेका चारै खेलमा जित दर्ता गरेको छ । यो खेलमा कोलाम्बियाले आयोजक राष्ट्र ब्राजिललाइ कठिन टक्कर दिने आकलन गरिएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु