राप्रपाको नेतृत्व विवाद निर्वाचन आयोगसम्म पुग्यो

रमेश अधिकारी/असनेपाल न्युज

असार २०, काठमाडौँ – नेतृत्वको विषयमा विवाद उत्पन्न भै संकटमा फसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको झगडा निर्वाचन आयोग सम्म पुगेको छ । राप्रपाको चन्द समुह पार्टीका बरिस्ठ नेता  लोकेन्द्र बहादुर चन्द नै पार्टीको अधिकारिक अध्यक्ष भएको दाबी गर्दै निर्वाचन आयोगमा पुगेको हो ।  राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता हुदा गरिएको सहमति अनुरुप आफू नै अध्यक्ष भएको दाबी गर्दै चन्द नेतृत्वको समुह शुक्रबार दिउसो निर्वाचन आयोग पुगेको हो ।

रत्नपार्कबाट नाराजुलुससहित निर्वाचन आयोगमा पुगेको चन्द नेतृत्वको समुहले एकताको महाधिवेशनमा चक्रिय प्रणाली अनुसार १ / १ बर्ष नेतृत्व गर्ने सहमति भएको र अब चन्द नै आधिकारिक अध्यक्ष भएको दाबी गर्दै आधिकारिकताको माग गरेको हो । एकताको महाधिवेशन ताका सुर्यबहादर थापा, लोकेन्द्र बहादुर चन्द पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीच चक्रिय प्रणालीअनुसार नेतृत्व गर्ने सहमति अनुसार अव चन्द अध्यक्ष हुनुपर्नेमा थापासमुहले सहमति उलंघन गरेको चन्द समुहको दाबी छ ।

पदावदी सकिएको भन्दै चन्दले आफू अध्यक्ष भएको घोषणा गरेपछि विवाद निक्लिएको राप्रपामा पुनः थापाले आफैं अध्यक्ष भएको दाबी गरेपछि विवाद चुलिएको थियो । त्यसको लगत्तै जेठ २५ गते बसेको थापा पक्षको केन्द्रीय समितिको बैठकले बहुमत सदस्यको निर्णय भन्दै राणालाई अध्यक्षमा नियुक्ति गरेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु