एमाले महाधिबेशनको बन्द सत्र ढिलो गरी शुरु: पुस्तकका कारण बिबाद

रमेश अधिकारी / असनेपाल न्युज

असार २०, काठमाडौं– नेकपा एमालेको काठमाडौँमा जारी महाधिवेसनको बन्द सत्रमा पनि माधव नेपाल र ओली पक्षका प्रतिनिधि बीच झडपको स्थिति सिर्जना भएको छ । बग्द सत्रमा बिमोचन गरिएको “हाम्रो धरणा” शिर्षकको पुस्तकमा समाबिस्ट एक लेखका कारण दुइ पक्षका बिचमा भनाभन र झडपको अबस्था आएको हो । मदन भण्डारी अध्यन केन्द्रद्वारा प्रकाशित उक्त पुस्तक एमाले नेता बिजय कुमार पौडेलले लेख्नुका साथै सम्पादन गर्नुभएको हो । पुस्तकमा प्रकाशित एक लेखमा के पी ओलीलाई बदनाम गर्न खोजिएको भन्दै ओली पक्षधर् कार्यकर्ताहरुले चर्को विरोध जनाउदै पुस्तक च्यातिदिएका हुन्  ।

पुस्तकमा समाबेश गरिएको राजेन्द्र राईद्वारा लिखित एउटा लेखमा केपी ओलीलाई नेतृत्व दिन नहुने आसय सहितको कुरालाई उल्लेख गरेको भन्दै बन्द सत्रमा रहेका ओली पक्षाक प्रतिनिधिहरुले विरोध गरेका छन् । उक्त लेखमा राईले ओलीलाई  अशक्त, रोगी र गुन्डाका नाइके भएकोले एमाले पार्टीलाई हाक्न नसक्ने भएका कारण उनलाई नेतृत्व दिन नहुने कुरा उल्लेख गरेकोले बिरोध जनाएको एक महाधिबेशन प्रतिनिधिले असनेपाल न्युज डटकमलाइ जानकारी दिए । सोहि लेखकै विषयलाइ केपी ओलीका कार्यकर्ताले किताबलाई च्यातेर यत्रतत्र फ्याँकेका छन् ।यो समाचार तयार गर्दासम्म बन्द सत्र भित्र होहल्ला जारी रहेको छ ।

यसै बीच नेकपा एमालेको ५ बर्ष अगाडी बुटवलमा सम्पन्न आठौँ महाधिबेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति भंग भएको छ । जारि महाधिबेशनबाट नया कार्यसमिति चुनिने हुँदा पुरानो कार्यासमित भंग गरिएको हो । एमाले अध्यक्ष झलनाथ खनालले कार्यसमिति भंग गर्दै आफ्नो अध्यक्षकाल सफल बनाउन सहयोग गरेकोमा सबैलाई धन्यबाद पनि दिनुभयो ।

निर्धारित समय भन्दा धेरै ढिलो गरि शुरु भएको बन्दमा सत्रमा पुस्तकका कारण बिबाद सिर्जना भएपछी महाधिबेशन लम्बिन सक्ने एक नेताले जानकारी गराएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु