नेकपा एमालेको महाधिबेशन उद्घाटन: प्रवेश नपाएको भन्दै कार्यकर्ताद्वारा नाराबाजी र तोडफोड

रमेश अधिकारी/असनेपाल न्युज
असार १९, काठमाडौँ । नेकपा एमालेको नवौं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको छ ।

एमाले महाधिबेशन उद्घाटन सत्रमा उपस्थित अथितिहरु
एमाले महाधिबेशन उद्घाटन सत्रमा उपस्थित अथितिहरु
राजधानीको भृकुटीमण्डमा आयोजित एक समारोहका बीच एमाले अध्यक्ष झलनाथ खनालले महाधिवेशनको उदघाटन गरे । खनालले पानसमा बत्ति बालेर महाधिबेशनको उद्घाटन गरेका हुन् । निकै तामझामका साथ संचालन गरिएको उदघाटन समारोहमा उक्त पार्टीका नेताहरु, नेपाली कांग्रेस, एमाओवादीसहित संबिधान सभामा प्रतिनिधित्व गर्ने अन्य दलहरु, मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी लगायत अन्य दलका नेताहरु सहभागी भएका थिए । एमालेको महाधिबेशनको सफलताको शुभकामना दिन विभिन्न देशका राजनीतिक दलका नेताहरु र कुटनीतिज्ञको उपस्थिति थियो ।

असन्तुष्ट कार्यकर्ता द्वारा नाराबाजी र तोडफोड

यसै बीच नवौं महाधिवेशनको उदघाटन समारोहमा प्रवेश नदिएको भन्दै एमाले कार्यकर्ताहरुले महाधिबेशनको प्रवेशद्वारमा नाराबाजी र तोडफोड गरेका छन् ।

नाराबाजी र तोडफोडमा उत्रेका एमाले कार्यकर्ता
नाराबाजी र तोडफोडमा उत्रेका एमाले कार्यकर्ता
प्रतिनिधि, अतिथि, स्वयंसेवक र सञ्चारकर्मीलाइ मात्र प्रवेश गर्न दिईएको उद्घाटनसत्रमा आफुले प्रवेश नपाएपछि असन्तुस्ट कार्यकर्ताहरुले स्वागतद्वार तोडफोड गरे । कार्यकर्ताको प्रदर्शन र तोडफोड एमाले नेताहरुको पकड बाहिर भएपछी भीड नियन्त्रणका लागि प्रहरीले एमाले कार्यकर्तामाथि लाठीचार्ज समेत गर्नुपरेको थियो । महाधिबेशनस्थलको मुलगेटमै तनाब सिर्जना भएपछी महाधिबेशनको उद्घाटन सत्रमा अलमल देखिएको थियो ।

एमाले कार्यकर्ताहरुले महाधिबेशन सफलताको सुभकामना दिन आएका बिजेपी नेता विजय जोलीमाथि आक्रमण प्रयास गरेका छन् । शुभकामना दिएर सभागृहको बाटो हुँदै बाहिर निस्कने क्रममा उनीमाथि बोत्तल प्रहार भएको हो । बोत्तल प्रहारबाट नेता जोली सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । जोलीमाथि बोतल प्रहार भएपछि प्रहरीले एमाले कार्यकर्तामाथि लाठी प्रहार गर्दै पुतलीसडक तथा रत्नपार्कसम्म लखेटेका थिए ।प्रहरीले खेदेर रत्नपर्का पुर्याएपछि कार्यकर्ताले रत्नपार्कमा नाराबाजी बेलुकासम्म जारी राखेका थिए । एमाले कार्यकर्ताको नारबाजीका कारण यातायात सेवा पुर्ण रुपमा प्रभावित बनेको थियो । महाधिबेशन उद्घाटन सत्र ‘हाई-टेक’ बनाउने भनेर पार्टीले दावी गरेको भएता पनि प्रयोगमा ल्याउन लगिएका आधुनिक प्रविधिमा बेला बेलामा समस्या उत्पन्न भएको देखिन्थ्यो

Comments

comments

सम्बन्धित शिर्षकहरु