एमाले महाधिवेसनको लागि भारतीय नेताहरु काठमाडौंमा

असार १९ ।काठमाडौं भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोली सहितको टोली आज काठमाडौ आईपुगेको छ ।

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनका लागि भाग लिन भाजपाको टोली विहान नेपाल आएको हो ।

टोलीमा विदेश विभाग प्रमुख विजय जोली, अजितकुमार र सौरभ गुप्ता लगायतका नेताहरु रहेका छन ।

जोलीले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहको सन्देश नेकपा एमालेको लागि बोकेर आएको बताउनु भयो ।

उहाले एमालेको महाधिवेशन सफलता पूर्वक नेपालको राजनीतिक स्थायीत्वको लागि सहायक हुँदै सम्पन्न होस भन्ने कामना दिनु भयो ।

जोली नेतृत्वको टोलीले आज एमालेको नवौ महाधिशेन उदघाटन समारोहमा सरिक भएपछि राजनीतिक भेटवार्ता सुरु गर्ने छ ।

भाजपा नेता जोलीले राष्ट्रपति डा रामबरण यादव सहित नेताहरुसँग भेटवार्ता गर्नेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु