जनप्रदर्शन बिना नै एमाले महाधिबेशन आजबाट काठमाडौँमा शुरु हुदै

UML
रमेश अधिकारी/ असनेपाल न्युज
आसर १९ , काठमाडौं- संबिधान सभाको दोस्रो निर्वाचन पछि दोश्रो ठुलो दल बनेको नेकपा एमालेको नवौ महाधिबेशन आजबाट काठमाडौँमा शुरु हुदै छ। वर्षा र खेतीको समयलाई ध्यानमा राख्दै एमालेले बिहीबार उद्घाटन सत्र अगाडी विगतजस्तो जनप्रदर्शन नगर्ने भएको छ। जनप्रदर्शन बिना नै महाधिवेशन आजबाट काठमाडौँ मा सुरु हुन लागेको महाधिवेशन मूल तयारी समितिले जनाएको छ।

आधुनिक प्रविधिको अधिकतम उपयोग गर्ने भनि दाबि गरिएको नवौ महाधिबेशनको एमाले अध्यक्ष झलनाथ खनालले दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन गर्ने छन्। उद्घाटन रोबोट जडित पानसमा खनालले बत्ति बाले पछि हुने छ।

उद्घाटन सत्रमा पार्टीको वेबसाइट लन्चका साथै उद्घाटन सत्रको प्रत्यक्ष प्रसारण पनि गर्ने कार्यक्रम छ। उद्घाटन सत्रको प्रत्यक्ष प्रशारण राष्ट्रिय सभागृहमा ठुलो पर्दामा हेर्न सकिने व्यवस्था मिलाएको आयोजकले जानकारी दिएका छन। देशभरिका २ हजार ३ सय २५ प्रतिनिधि सहभागी हुने महाधिवेशनले पाँच वर्षका लागि पार्टीको नीति र नेता टुंगो लगाउने छ। प्रतिनिधिको नामावली अनलाइनबाट दर्ता गरेको एमालेले त्यसै आधारमा डिजिटलाइज्ड परिचयपत्र उपलब्ध गराउनेछ। परिचयपत्र बार कोडसहितको हुने छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु