सरकारको नीति तथा कार्यक्रमको समर्थन गर्न कांग्रेस सभासदलाई निर्देशन

असार १८ ।काठमाडौ, नेपाली कांग्रेसले आफ्ना सबै सभासदहरुलाई सरकारको नीति तथा कार्यक्रमको विरोध नागरिकन यसको पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा केहि केन्द्रीय सदस्य र सभासदहरुले सरकारको निति तथा कार्यक्रमको बिरोध गरेकाले सभासदहरुलाई निर्देशन गर्नु परेको नेताहरुले बताएका छन ।

आज बसेको नेपाली कांग्रेस संसदीय दल र केन्द्रिय समितिको संयुक्त बैठकमा सभासदहरुलाई यस्तो निर्देशन दिईएको हो ।

अस्ती सोमबारदेखि सुरुभएको नेपाली कांग्रेस संसदीयदल र केन्द्रीय समितिको संयुक्त बैठकमा सदस्यहरुको बोल्ने क्रम बाँकी रहेकाले आज पनि पुन बैठक बसेको हो ।

यसअघि बोल्ने सभासदहरुले सरकारमा रहेका नेताहरुले जनताको भावना अनुसार काम गर्न नसकेको, बजेट विनियोजन र विकास निर्माणका काममा आफ्नो क्षेत्र र आफ्ना मान्छेलाई प्राथमिकतामा राखिएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।

सरकारका कार्यक्रमप्रति आलोचना गर्ने अधिकार सबैमा भएपनि संसदबाट निति तथा कार्यक्रमलाई बहुमतबाट पारीत गराउनु पर्ने भएकाले कांग्रेसले यस्ता निर्देशन दिएको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु