विदेश तथा गाँउ गाँउमा नजान सभासदहरुलाई आग्रह

असार १८ । काठमाडौँ,सभामुख सुवासचन्द्र नेम्बाङले संविधान जारी नभएसम्म विदेश तथा गाँउ गाँउमा नजान सभासदहरुलाई आग्रह गर्नु भएको छ ।

उहाले यो समयमा गाँउमा गाउँमा नबोलाउन समेत जनतासँग आग्रह गर्नु भयो ।

उहाले संविधान जारी नभएसम्म विदेशमात्रै होइन, काठमाडौँ बाहिर पनि नजान सभासदहरुलाई आग्रह गरेका छन् ।

जीपी फाउन्डेशनलले बुधवार नयाँ बानेश्वरको एभरेष्ट होटलमा आयोजना गरेको कार्यक्रममा नेम्वाङले भन्नु भयो, अहिले नै उपत्यका वा विदेशमा नबोलाइदिनुस्, संविधानको मस्यौदा लिएर बरु सँगै गाउँ-गाउँमा आउँला ।

अहिले बरु संविधान निर्माणका लागि सभासदहरुलाई दबाब दिनुस् ।’
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अडान, स्पष्ट दृष्टिकोण र दूरदर्शिताको प्रसंशा गर्दै नेम्वाङले आगामी माघ ८ मा संविधान जारी गर्न सके

कोइरालाको आत्माले शान्ति पाउने बताउनु भयो । उहाले भन्नु भयो, ’गिरिजाबाबुलाई साँच्चिकै सम्मान गर्ने हो भने संविधान माघ ८ भित्रै जारी गर्नुपर्छ । त्यसपछि उहाँको आत्माले शान्ति पाउनेछ ।

सभामुख नेम्बाङले संविधान निर्माणको काम चलिरहेकाले समयमै संविधान बन्ने विश्वास व्यक्त गर्नु भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु