अर्जेन्टिना र बेल्जियम क्वाटरफाइनलमा पुग्यो

असार १८ । काठमाडौ, विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज विहान सकिएको खेलमा बेल्जियमले अमेरिकालाई १ का विरुद्ध २ गोलले पराजित गर्दै पहिलो पटक क्वाटरफाइनलमा पुगेको छ ।

आजको यो खेलसँगै अन्तिम ८ मा प्रबेश गर्ने सबै टिमको टुंगो लागेको छ ।

आज बिहान र गएराति गरी २ टिम अन्तिम आठमा प्रबेश गरेसँगै समीरकण पुरा भएको हो ।

निर्धारित समयमा दुवै पक्षबाट कुनैपनि गोल नभएपछि ३० मिनेट समय थप गरिएको थियो ।

९२ औ मिनेटमा केभिन डि ब्रायोनले पहिलो गरेका थिए । १ सय ४ औ मिनेटमा बेल्जियम रोम्ली लुकाकुले दोस्रो गोल गरेका थिए । १ सय ६ औ मिनेटमा अमेरिकाका लागि जुलियन ग्रिनले सान्त्वना गोल गरे ।

गएराति भएको पहिलो खेलमा अर्जेन्टिनाले स्वीट्जरल्याण्डलाई अतिरिक्त समयमा एक गोल गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयमा गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो । थपिएको समय सकिन २ मिनेट बाँकी रहँदा अर्जेन्टिनाका डी मारियाले निर्णायक गोल गरे । मारियाले लियोनल मेसीको उत्कृष्ट पासलाई जाली चुमाएका हुन् । स्वीट्जरल्याण्डले पनि खेल अवधीभर अर्जेन्टिनालाई खुलेर खेल्न दिएन् ।
यसैबीच क्वाटरफाइनलमा ब्राजिल, नेदरल्याण्ड, जर्मनी, फ्रान्स, कोलम्बीया र कोष्टारिकाले यसअघिनै स्थान सुरक्षित गरिसकेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु