एन आर एन अस्ट्रेलियाले भवन निर्माणार्थ आर्थिक जुटाउन अभियान सञ्चालन गर्ने

एन आर एन अस्ट्रेलियाले संस्थाको भवन निर्माणार्थ आर्थिक श्रोत जुटाउनका लागि एक अभियान सञ्चालन गर्ने भएको छ ।

उक्त अभियानको यहि जुलाइ ५ तारिक शनिवारका दिन एक कार्यक्रमकाबीच सिडनीमा औपचारिक उद्घाटन गर्न लागिएको हो ।

सिडनीको ग्रानभिल्ले स्थित ग्राण्ड रोयालमा आयोजना गर्न लागिएको कार्यक्रम बेलुकी ५:३० मा शुरु हुनेछ ।

कार्यक्रममा एन आर एन अस्ट्रेलियाको भवन निर्माणका लागि सहयोग गर्ने दाताहरु र अन्य इच्छुकहरुको बिचमा संगीत, नृत्य र ककटेल डिनर समेत गर्न लागिएको आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रमको तिथिमितिका बिषयमा द्धिविधामा नपरी जुलाइ ५ तारिकमा ग्राण्ड रोयालमा उपस्थित हुन आयोजकले सबैमा आग्रह गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु