नारायणी र राप्तीमा बाढीको बहाव थाहा पाउने यन्त्र जडान

असार १७ ।चितवन,चितवनको नारायणी र राप्ती नदीमा बाढीको बहावको अवस्था तथा खतराको सङ्केत थाहा पाउन जिल्ला प्रशासन कार्यालय चितवनमा रहेको विपद् डेस्कमा नँया यन्त्र जडान गरिएको छ ।

उक्त्त डेस्कमा नारायणी र राप्ती नदीको बाढी मापन हुन्छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले यो वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले नारायणी नदीको मुहान क्षेत्रको समेत अध्ययन गरेर यन्त्र जडान गरिएको जानकारी दिनु भयो ।

अघिल्लो वर्ष चितवनमा घाम लाग्दा पनि नारायणीमा बाढी अत्यधिक आएकाले अहिले पूर्व जानकारीका लागि यस्तो यन्त्र जडान गरिएको हो ।

मुहान क्षेत्र वा नारायणीमा मिसिने विभिन्न शाखा नदी र खोलाको अवस्थाको समेत अध्ययन गरी त्यहाँको बाढीको मापनसमेत समितिले गर्न सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको विपद् डेस्कले यी सबै कुराको जानकारी लिने र तत्कालै सञ्चारमाध्यम, विपद् व्यवस्थापनका पदाधिकारी र स्थानीय गाउँलेलाई खबर गर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

नारायणी नदीमा मिसिने विभिन्न नदीबाट आएको बाढी स्थानीयलाई जानकारी गराएको चार घण्टापछि मात्रै चितवनमा आइपुग्ने भएकाले सुरक्षित स्थानमा जान सकिने उहाँले बताउनुभयो ।

बाढी खतराको तहमा पुगेपछि साइरन बज्छ । अनि सबैलाई सावधानी अपनाउन सूचना जारी गर्ने गरी व्यवस्था मिलाइएको चितवन प्रशासनले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु