एमालेका युवाहरुले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी

असार १६ । काठमाडौं, युवा संघ नेपालले अध्यक्ष महेश बस्नेत र उपाध्यक्ष निरु पाललाई आगामी महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा अघि सारेको छ ।

संघले आइतवार साँझ काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव राजिव पहारीले युवा संघका अध्यक्ष बस्नेत र उपाध्यक्ष पाललाई पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनु भयो ।

उनीहरु दुवैजना केपी ओली निकट मानिन्छन् । बस्नेत युथफोर्सका संस्थापक अध्यक्ष भएर वाइसिएल विरुद्ध लडाइ लडेर चर्चामा आएका युवा नेता हुन् भने निरु पाल महिला युथफोर्सकी संस्थापक अध्यक्ष हुनुहुन्छ ।

पार्टीमा जुझारु युवा पुस्ताको प्रतिनिधित्व बढाउन आफूहरुले उम्मेदवारी दिन लागेको बस्नेत र पालले बताउनु भयो ।

हरि राई, हिरा केसी र पूर्व महासचिव निरज आचार्यले पनि केन्द्रीय सदस्यमा उम्मेवारी दिने बताएका छन् । उनीहरु तीनैजना माधव नेापलको प्यालनबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु