कोस्टारिकाले इतिहाँस रच्यो

असार १६ ।काठमाडौं,विश्वकप फुटबलमा कोस्टारिका पेनाल्टी सुटआटमा ग्रिसलाई ५-३ ले पन्छाउँदै विश्व्कप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।

गोलकिपर कोस्टा नाभसले गिकासले पेनाल्टीमा प्रहार गरेको बल रोकेपछि निर्णायक प्रहारमा युमानाले गोल गर्दै कोस्टारिकालाई पहिलोपल्ट क्वाटरफाइनल पुर्‍याएका हुन् ।

निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त ३० मिनेटको अवधि १(१ को बराबरीमा टुंगिएको थियो । ब्रायन रुइजले ५२ औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई १(० को अग्रता दिलाएका थिए । दोस्रो पहेंलो कार्ड बेहोर्दै डुअर्टेले मैदान छाडेपछि कोस्टारिका ६६ औं मिनेटमै दस खेलाडीमा सीमित भयो । त्यसपछि सोक्राटिसले गोल गर्दै खेल १(१ को बराबरीमा पुर्‍याएका थिए । अतिरिक्त समय गोलविहिन टुंगियो ।

समूह चरणमा इङल्यान्डसँग बराबर तथा इटाली र उरुग्वेलाई पराजित गरेको कोस्टारिकाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ ।

नेदरल्यान्ड्सले अर्को पुर्नआगमन रच्दै आइतबार विश्वकप २०१४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्लास जान हुन्टलरले इन्ज्युरी समयमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि नेदरल्यान्ड्सले अन्तिम १६ को खेलमा मेक्सिकोलाई २(१ ले पराजित गरेको हो ।

मेक्सिको क्वाटरफाइनलबाट तीन मिनेट टाढा रहेको स्थितिमा नेदरल्यान्ड्सले खेलको अन्त्यतिर दुई गोल फर्काएको हो ।

जितसँगै उपाधिको प्रबल दावेदार तथा पछिल्लो विश्वकपको उप विजेता नेदरल्यान्ड्सले आफ्नो चुनौती यथावत् राख्न सफल भयो । नेदरल्यान्ड्सले अब क्वाटरफाइनलमा कोस्टारिकासँग सामना गर्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु