अख्तियारले कसैसँग सम्झौता गर्दैन : कार्की

असार १५ । जनकपुरधाम,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले उहाँले विधिको शासनमाथि विश्वास गर्ने अख्तियारले कसैसँग सम्झौता नगर्ने बताउनु भएको छ ।

जनकपुर नगरपालिका वडा नं ४ स्थित विश्वनाथप्रसाद साहको घरमा उहाँका स्वर्गीय बुबा रामरतन साहप्रति श्रद्धाञ्जलि अर्पण गर्न आउनुभएको प्रमुख आयुक्त कार्कीले सञ्चारकर्मीहरुसँग बोल्दै आयोगको छानबिनको दायरामा आइसकेको व्यक्ति जो सुकै भए पनि कार्वाही हुने बताउनु भएको हो ।

उहाँले अख्तियारको एक वर्षको गतिविधिलाई हेर्दा अहिलेसम्म अख्तियारमाथि राजनीतिक हस्तक्षेप नभएको उहाले बताउनु भयो । पाइएको छैन ।

शिविरभित्र रहेको माओवादी लडाकुको रकम अपचलन भएकाले यसप्रति अख्तियार के गरिरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रमुख आयुक्त कार्कीले भन्नुभयो, “एउटा विषयको प्रमाण जुटाउन धेरै समय लाग्छ । यस विषयमा छानबिन भइरहेको छ ।”

उहाँले वर्षको ३० हजार उजुरी पर्ने अख्तियारले ७० प्रतिशत मुद्दा फछ्र्योट गर्ने गरेको र यसको कामकार्बाही पारदर्शी रहेको दावी गर्नुभयो ।

अर्को एक प्रश्नको उत्तरमा अख्तियारका प्रमुख आयुक्त कार्कीले जनकपुरको पोखरी अतिक्रमण गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउँदै सरकारले एउटा उच्चस्तरीय छानबिन समिति गठन गरी यसको समाधान खोज्नुपर्छ भन्नुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु