मन्त्रिपरिषद्को बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित

असार १५ । काठमाडौँ,कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा पहिलोपटक आज बसेको मन्त्रिपरिषद्को बैठकले
सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।

बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले पारित गरेको नीति तथा कार्यक्रम राष्ट्रपति डा. रामवरण यादवलाई कार्यबाहक प्रधानमन्त्री गौतमले आजै भेट गरी जानकारी गराउनुहुने प्रवक्ता रिजालले बताउनुभयो ।

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री सुशील कोइराला मुलुक बाहिर रहनुभएकाले प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका उपप्रधानमन्त्री गौतमको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको हो ।

बैठकले संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा उपचाररत प्रधानमन्त्री कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

यसैबीच, राष्ट्रपति डा. यादवले सरकारको आव २०७१-७२ को वार्षिक नीति तथा कार्यक्रम व्यवस्थापिका-संसद्मा आज अपराह्न प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु