नेपाललाई ट्वान्टी-२० राष्ट्रको मान्यता

असार १४ ।काठमाडौ,अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले नेपाललाई टि ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता दिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको अष्ट्रेलियाको मेलबर्नमा बसेको वार्षिक साधारणसभाले नेदरल्याण्डसँगै नेपाललाई ट्वान्टी–२० राष्ट्रको अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको हो ।

आइसिसीले दिएको यो मान्यतासँगै नेपालले ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउने भएको छ । गएको मार्च १६ देखि अप्रिल ६ सम्म बंगलादेशमा भएको ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट खेलेको थियो ।

ट्वान्टी–२० लागी मात्र अन्र्तराष्ट्रिय मान्यता प्रदान गरिएको यो पहिलो पटक हो । आईसीसीले एसोसिएट सदस्यलाई एकदिवशिय अन्तर्राष्ट्रियको हैसियत प्रदान गर्ने गरेको थियो । एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता पाउने एसोसिएटले स्वत ट्वान्टी–२० अन्तराष्ट्रियको हैसियत पाउने गरेका थिए ।
नेपालले एकदिवसिय अन्र्तराष्ट्रिको मान्यता पाउन सकेको छैन् ।

अब १० टेस्ट राष्ट्र, एकदिवसिय मान्यताप्राप्त ६ वटा एसोसिएट राष्ट्रसहित नेपाल र नेदरल्यान्ड्सले खेलेका खेलले ट्वान्टी-२० अन्तर्राष्ट्रि«यको मान्यता पाउने छन् ।

यी टोलीहरु सँग नेपालले ट्वान्टी–२० क्रिकेट खेल्न सक्ने छ ।

एक दिवसीय क्रिकेटको मान्यता पाएका हङकङ, आयरल्याण्ड, अफगानिस्तान,स्कटल्याण्ड, युएई र पपुवा न्युगिनीलाई पनि ट्वान्टी-ट्वान्टी अन्तराष्ट्रिय मान्यता दिइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु