अस्ट्रेलियाली सरकारले बेपत्ता मलेसियाली विमानको खोजी गर्ने

असार १४ । अस्ट्रेलियाली सरकारले स्याटलाइट डाटाको थप विश्लेषणपछि मलेसियाली विमानको अर्को नयाँ क्षेत्रमा खोजी गर्ने बताएको छ ।

उपप्रधानमन्त्री वारेन ट्रसले अस्ट्रेलियाको लियाको पश्चिमी सामुदि्रक किनारदेखि १ हजार ८ सय किमि टाढा खोजी अभियान केन्दि्रत हुने बताएका छन् ।

यो अगस्टमा सुरु गरेर एक वर्षभित्र पूरा गरिने अस्ट्रेलियाको ट्रान्सपोर्ट ब्युरो प्रमुख मार्टिन डोलानले जानकारी दिनु भयो ।

गत मार्च ८ मा मलेसियाको राजधानी क्वालालम्पुरदेखि चीनको राजधानी बेइजिङतर्फ २ सय ३९ जनासहित उडेको एमएच-३७० उडान अचानक बेपत्ता भएको थियो ।

दुर्घटना हुँदा विमान ‘अटोपाइलट’ मोडमा रहेका अधिकारीहरूको विश्वास छ ।

अस्टे्रलियाको सरकारले सार्वजनिक गरेको ६४ पृष्ठको रिपोर्टमा पानीमुनिको ६० हजार वर्ग किलोमिटर क्षेत्रमा विमानलाई खोजिने भनिएको छ ।

विमानको फ्लाइट डाटाबाट आएको सम्भावित आवाजका आधारमा गत अपि्रलमा गरिएको गहन खोज असफल भएको थियो ।

पछि त्यो आवाज विमानको नभएको पुष्टि भएको थियो । नागरिक उड्डयनको इतिहासमै यो सबभन्दा महँगो खोज प्रमाणित भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु