माइक्रोफिल्मिङ गरिएका अभिलेखीय वस्तुहरूलाई डिजिटल प्रविधिमा राखिने

असार १४ । काठमाडौँ,राष्ट्रिय अभिलेखालयले माइक्रोफिल्मङ (शुक्ष्म छवीकरण) गरिएका वस्तुहरूलाई डिजिटल प्रविधिमा राख्ने तयारी गरेको छ ।

लगभग नौ हजारको सङ्ख्यामा रहेका नेपालका अतिप्राचीन अभिलेखीय ग्रन्थ तथा वस्तुको दीर्घकालीन संरक्षणका लागि सन् १९७० यता माइक्रोफिल्मिङ गरिएकामा ती माइक्रोफिल्मिङ गरिएका वस्तुहरूलाई डिजिटल प्रविधिमा राख्न लागिएको हो ।

समयको मागसँगै माइक्रोफिल्मिङ गरिएका वस्तुहरूलाई सजिलै अध्ययन गर्न तथा हेर्न सकिने बनाउनका लागि डिजिटल प्रविधिमा राख्न लागिएको अभिलेखालयका माइक्रोफिल्मिङ शाखाका प्रमुख कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।

उहाँका अनुसार डिजिटल प्रविधिमा राख्ने तयारीस्वरुप लगभग रु ४० लाखको लागतमा अत्याधुनिक मेसिन ल्याइसकिएको र त्यसको परीक्षण कार्य भइरहेको छ ।

डिजिटल प्रविधिमा राखिएसँगै अभिलेख सम्बन्धमा अध्ययन गर्ने अध्येताहरूले क्षणभरमा नै सहज र सरल रुपमा अध्ययन गर्न पाउँछन् ।

जर्मन सरकारको सहयोगमा सन् १९७० देखि माइक्रोफिल्मिङ गरिँदै आइएकामा नौ हजारको सङ्ख्यामा माइक्रोफिल्मिङ गरिएका वस्तुहरूलाई प्राथमिकताका आधारमा डिजिटल प्रविधिमा सुरक्षित गरिने श्रेष्ठको भनाइ छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु