विश्वकप फुटबलः प्रिक्वाटरफाइनल समीकरण पुरा

असार १३ । ब्राजिल,ब्राजिलमा जारी विश्वकप फुटबलमा अन्तिम १६ को समीकरण पुरा भएको छ । गएरातिका खेलबाट थप ४ वटा टिम प्रि क्वाटरफाइनलमा प्रबेश गरेसँगै समिकरण पुरा भएको हो । समूह जी बाट जर्मनी र अमेरिका तथा समूह एचबाट बेल्जियम र अल्जेरिया प्रि क्वाटरफाइनलमा प्रबेश गर्ने अन्तिम ४ टिम बने । गएराति भएको खेलमा जर्मनीले अमेरिकालाई पराजित गरेपनि दुवै टिम प्रि क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । अर्को खेलमा पोर्चुगलले घानालाई १ काविरुद्ध २ गोलले पराजित गरेपनि गोल अन्तरका आधारमा अमेरिका अन्तिम १६ मा प्रवेश गरेको हो । अमेरिकाविरुद्धको खेलमा जर्मनीले ६८ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न भने ५४ मिनेट कुर्नु परेको थियो । जर्मनीका लागि ५४ औ मिनेटमा थोमस मुलरले निर्णायक गोल गरेका थिए । जितसँगै जर्मनी सतप्रतिशत नतिजा निकाल्दै प्रि क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्को खेलमा पोर्चुगलले घानालाई दुई एक गोल अन्तरले पाखा लगाएको थियो । जितसँगै तालिकामा ४ अंक जोडेपनि अमेरिकासँग पछि पर्दै पोर्चुगल प्रतियोगितबाट बाहिरिएको हो । पोर्चुगलले पहिलो गोल उपहार पाएको थियो । घानाका जोन बोएले किलियर गर्न खोज्दा बल पोष्ट भित्र गएको थियो । उपहार दिएर पछि परेको घानाले ५६ औ मिनेटमा बराबरी गोल गरेको थियो । उसकालागि अशमोह ज्ञेनले बराबरी गोल गरे । तर ८० औ मिनेटमा क्रिष्टियानो रोनाल्डोले निर्णायक गोल गर्दै पोर्चुगललाई अन्तिम खेलमा जित दिलाए । तर ४ अंक जोडेको पोर्चुगल गोल अन्तरमा पछि पर्दै समूह चरणबाटै विदा भयो । समूह एच अन्र्तगत बेल्जीयम पनि समूह चरणका सवै खेल जित्दै प्रि क्वाटरफाइनलमा प्रबेश गरेको छ । बेल्जीयमले एशियाली देश दक्षिण कोरियालाई एक सून्य गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षीत गरेको हो । बेल्जीयमकालागि ७७ औ मिनेटमा जन भरटोनगेनले निर्णायक गोल गरेका थिए । अर्को खेलमा अल्जेरिया र रसिया भने एक एक गोलेको बराबरी खेले बराबरीले अल्जेरियालाई अन्तिम १६ मा पुराएको छ । रसियाले पहिलो हाफको छैटौ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । उसकालागि अलेक्जेन्डर कोकोरिनले गोल गरेका हुन् । तर दोस्रो हाफको ५९ औ मिनेटमा इस्लाम शलमानीले बराबरी गोल गर्दै अंक बाँड्न बाध्य पारे । अल्जेरिया ४ अंक सहित नक आउट चरणमा प्रबेश गरेको हो । प्रि क्वाटरफाइनलका खेल भोलिबाट सुरुहुनेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु