उरुग्वेका स्ट्राइकर स्वारेजमाथि ४ महिनाको प्रतिबन्ध

समूह चरणको अन्तिम खेलमा इटालीका डिफेन्डर जर्जियो चेलिनीको काँधमा टोकेका उरुग्वेका स्ट्राइकर लुइस स्वारेजलाई फिफाले ४ महिना फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ । फिफाको अनुशासन कमिटीले खेलभावना विपरीत काम गरेको भन्दै स्वारेजमाथि प्रतिबन्धको निर्णय गरेको हो । समूह चरणको अन्तिम खेलमा मंगलबार स्वारेजले इटालीका डिफेन्डर जर्जियो चेलिनीको काँधमा टोकेका टोकेको भए पनि फाउल नदिएको भन्दै  चेलिनीले रेफ्री सामु पर््रदर्शन गरेका थिए । रेफ्रीको सो निर्ण्र्पनि बिश्वभर बिबादित बनेको छ ।

उनलाई आगामी ९ अन्तर्राष्ट्रिय खेलका लागि समेत अयोग्य घोषित गरिएको छ । फिफाको निर्णयसँगै स्वारेजले विश्वकपका बाँकी खेलमा सहभागी हुन नपाउने भएका छन् । जारी विश्वकपको समूह डी बाट उरुग्वे उपविजेता बन्दै दोस्रो चरणको लागि छनौट भईसकेको छ । विश्वकपको प्रिक्वार्टरफाइनलमा उरुग्वेले शनिबार कोलम्बियासंग प्रतिष्पर्धा गर्ने छ । luis-suarez_epa_2626180b

Comments

comments

सम्बन्धित शिर्षकहरु