इरान बाहिरियो, अर्जेन्टिना समूह विजेता,स्विटजरल्याण्ड दोस्रो चरणमा प्रेवेश

असार १२ ।काठमाडौ,साकिरीले ह्याट्रिक गरेपछि स्विटजरल्याण्डले समूह इ को अन्तिम खेलमा होन्डुरसलाई ३-० गोल अन्तरले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेको छ ।

साकिरीको ह्याटि्रिक जारी विश्वकप प्रतियोगिताको दोस्रो हो । उनी यो विश्वकपमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन् ।

यसअघि जर्मनीमा थोमस मुलरले पोर्चुगलविरुद्ध ह्याट्रिक गरेका थिए । सकिरी म्यान अफ दि म्याच पनि भए । स्विटजरल्याण्डले दोस्रो चरणमा समूह एफ विजेता अर्जेन्टिनाविरुद्ध खेल्नेछ ।

समूह इमै रहेको फ्रान्सले पनि इक्वेडरलाई गोलरहित बराबरीमा रोकेर अन्तिम १६ मा स्थान पक्का गरेको छ।

इक्वेडरलाई बराबरीमा रोकेपछि फ्रान्स ७ अंकका साथ अघिल्लो चरण प्रवेश गरेको हो ।

अघिल्लो चरणमा फ्रान्सको सामना नकआउटमा नाइजेरियाजस्तो बलियो टिमसँग हुनेछ । दोस्रोतर्फ अघिल्लो चरणमा स्वीट्जरल्याण्डको सामना अर्जेन्टिनासँग हुनेछ।

जारी विश्वकपको समूह एफ बाट एसियाली मुलुक इरान बाहिरिएको छ । अन्तिम खेलमा नाइजेरिया अर्जेन्टिनाबाट पराजित भएको अवस्थामा इरानले बोस्नियालाई पराजित गरेको भए गोल अन्तरको आधारमा इरान दोस्रो चरण जाने सम्भावना थियो ।
तर, समूह चरणको अन्तिम खेलमा इरान बोस्निया एण्ड हर्जगोभिनाबाट ३ १ गोल अन्तरले पराजित गर्‍यो । समूह चरणको खेलमा नाइजेरिया र इरानले बराबरी खेलेका थिए ।

अर्जेन्टिनाले समूह एफ को अन्तिम खेलमा नाइजेरियालाई ३- २ ले पराजित गरेको छ ।

अर्जेन्टिना समूह एफ विजेताको रुपमा अन्तिम १६ प्रवेश पाएको हो । अर्जेन्टिनासँग पराजित नाइजेरियाले पनि समूह उप विजेताको रुपमा दोस्रो चरण प्रवेश पाएको छ । अर्जेन्टिनाको जितमा म्यान अफ दी म्याच लियोनल मेसीको दुई गोल महत्वपूर्ण रह्यो । उनले खेल सुरु भएको तेस्रो मिनेमा पहिलो गोल गरे भने पहिलो हाफको अन्तिम मिनेटमा दोस्रो गोल गरे । नाइजेरियाको लागि दुवै गोल अहमद मुसाले गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु