डन रमेश बाहुन

Written By : ausnepalnews.com on June 26, 20

काठमाडौ, लामो समय देखि विभिन्न ब्यक्तिलाई धम्काउदै,रकम अशुली गर्ने तथा लुटपाटका घटनामा संलग्न रहदै आएका डन रमेश बाहुनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बाहुनलाई पाँच दिन अगाडि पक्राउ गरेको भएपनि बुधबार मात्र सार्वजनिक गरेको हो ।

dan ramesha bahunप्ता असुली,ठक्कापट्टा, तथा जबरजस्ती रकम असुलीका घटनामा संगलग्न बाहुनलाई प्रहरीले मोष्टवान्टेडमा राखी खोजि गदै आएको थियो ।

ललितपुरका अर्का डन, तथा नेपाली काग्रेसका स्थानीयन नेता मिन मर्हजन माथि गोली हानी झनै चर्चा बटुलेका डन, एमालेका आडमा बस्दै आएका थिए । एमाले नेता केपी वलीको सरक्षणमा रहेका कारण डन बाहुनलाई प्रहरी पक्राउ समेत गर्न सकेको थिएन, जब एसएस्पी रमेश खरेल काठमाण्डौं प्रहरी प्रमुख भए तव बाहुनले राजनीतिक आड छोडी भाग्नु पर्यो ।
अन्नत बाहुन भारतको लखनउबाट पक्राउ परे ।
हत्या, अपहरण, जबरजस्ती रकम असुली तथा ठेक्कापट्टाको नामबाट अवैध रूपमा धन थुपारेका र टोले दादालाई साथमा लिएर डन बनेका रमेश बाहुन, प्रहरीको खोरमा पुगेका छन् । नेपाल प्रहरीले बाहुनलाई कुख्यात अपराधीको रूपमा लिएको छ ।

ललितपुरका मीन महर्जनमाथि गोली हानेर फरार भएका बाहुन केही समय नेपालमै एमाले नेताहरूको संरक्ष्ँणमा बसेका थिए, तर पछि समय अनुकूल नभएपछि उनी भारततिर हानिएका थिए ।
भारत उत्तर प्रदेश पुगेका बाहुनले त्यहाँका विधायक विनायक सिंहका भाइसँग दोस्ती गरे । बाहुनले दोस्ती गरेका विधायक सिंहका भाइ पनि डन नै हुन् ।
बाहुनलाई पक्रन प्रहरीले धेरै प्रयास गरेको थियो । तर सफल हुन सकेको थिएन । पछिल्लोपटक बाहुन आफ्नी प्रेमिका भेट्न नेपाल आएका थिए ।

प्रहरीका अनुसार बाहुन हत्या, अपहरण्ँ, फिरौती, डेण्डर कब्जाजस्ता कार्यमा संलग्न खुंखार अपराधी हुन् । तर, प्रहरीले बाहुनलाई कारबाही गर्ने यथेष्ट प्रमाण भने जुटाउन सकेको छैन, कारण बाहुन एकदमै चलाख अपराधी हुन् । उनले हरेक काम अत्यन्तै सावधानीपूर्वक गर्दै आएका छन् । उनले कुनै पनि त्यस्ता दसी प्रमाण छाडेका छैनन्, जसलाई आधार मानेर उनीमाथि तत्कालै कारबाही अगाडि बढाउन सकियोस् । अत्यन्तै सावधानीपूर्वका आपराधिक गतिविधि गर्ने भएकैले उनीमाथि उजुरी पनि परेका छैनन् ।
रामेछापको दुरागाउँ गाविस वडा नम्बर ७ का डन रमेश बाहुनको वास्तविक नाम सुजन पौडेल हो । प्रहरीको नजरमा अपराधी ठहरिएका र खोजी भइरहेको डन बाहुनलाई एमाले नेता केपी ओलीले फूलमाला लगाएर पार्टीको सदस्यता प्रदान गरेका थिए । नेता ओलीको दाँया–बाँया भएर हिँड्ने भएकैले उनी उम्कँदै आएका थिए ।
तर पछिल्लोपटक भएको गोलीकाण्डले भने उनको असली छवि छरपष्ट भयो । यद्यपि बाहुनविरुद्धको प्रमाण जुटाउन भने निकै कठीन हुने निश्चित छ । तर सबैको साथ र सहयोग भएमा भने बाहुन र बाहुनजस्ता डनहरू खोरमा पुग्ने र शान्तिसुरक्षा बहालमा उल्लेख्य सफलता हात लाग्ने पनि निश्चित छ ।

 

प्र

Comments

comments

सम्बन्धित शिर्षकहरु