ग्रिस प्रि-क्वाटरफाइनलमा,जापान,आइभरीकोष्ट र इटलीको हार

असार ११ ।काठमाडौं,आइभरीकोष्टलाई हराउँदै ग्रिसले भने पहिलो पटक विश्वकपको प्रि-क्वाटरफाइनलमा स्थान बनाएको छ ।एसियाली राष्ट्र जापान भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

बुधबार विहान भएको खेलमा जापान कोलम्बियासँग ४-१ गोलअन्तरले पराजित भयो । जापनका लागि एक मात्र गोल ओकाजाकीले गरे ।
ब्राजिल विश्वकपमा जापानले एक अंक मात्र जोडेको छ ।

समूह चरणको दोस्रो खेलमा ग्रिससँग गोलरहित बराबरी खेलेको थियो । जितपछि कोलम्बिया ९ अंकसहित समूह सीको विजेता बनेको छ । अब उसले क्वाटरफाइनल प्रवेशका लागि समूह डीको उपविजेता उरुग्वेसँग खेल्नेछ ।
अर्को खेलमा आइभरीकोष्टलाई २-१ गोल अन्तरले पराजित गर्दै ग्रिसले अन्तिम १६ मा स्थान बनाएको छ । अघिल्लो चरणमा स्थान बनाउन ग्रिसलाई जित्नै पर्ने थियो भने आइभरीकोष्टलाई बराबरी मात्र चाहिएको थियो ।
खेलको ४२ औं मिनेटमा सामारिसको गोलबाट ग्रिसले अग्रता लियो । ७२ औं मिनेटमा बोनीले बराबरी गोल फर्काए । तर, अतिरिक्त समयमा
पाएको पेनाल्टीमा सामरसले गोल गर्दै नाटकीय जित दिलाए ।

जितसँगै समूह सीको उपविजेता बनेको ग्रिसले नकआउट चरणमा कोष्टारिकाको सामना गर्नेछ । कोष्टारिका समूह सीको विजेता हो ।
इटलीलाई हराउँदै उरुग्वे अन्तिम १६ मा

चार पटकको च्याम्पियन इटलीलाई पराजित गर्दै उरुग्वे विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति अबेर भएको खेलमा पूर्व विजेता उरुग्वेले १० खेलाडीमा सिमित इटलीलाई १-० गोल अन्तरले पराजित गर्दै समूह चरणबाट घर फर्कायो । पछिल्लो पटक २००६ मा उपाधि उचालेको इटली लगातार दोस्रो पटक समूह चरणबाटै बाहिरिएको हो ।
अघिल्लो चरण प्रवेशका लागि गर या मरको अवस्थामा दुई पूर्व विजेता मैदान उत्रिएका थिए । पहिलो हाफमा इटलीले दबाव दिए पनि गोल गर्न सकेन । ३२ उरुग्वेका निकोलसको राम्रो प्रहार इटलीका गोलरक्षकले बचाएका थिए ।
खेलको ५९ औं मिनेटमा ओर्लारो रियोसलाई फल गरेपछि रेफ्रीले इटलीका क्लाउडियोले रातो कार्ड पाए र इटली दबावामा आयो ।
८१ औं मिनेटमा उरुग्वे अग्रता लिन सफल भयो । रामिरेजको कर्नर बलमा डिएगो गोडिनले हेड गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु