जुसको बोत्तलभित्र झिङ्गा भेटिएपछि अनुसन्धान सुरु

असार १० ।दाङ, दाङको मानपुर ७ हेमन्तापुरको एक होटलमा बिक्री गरिएको फ्रुटी जुसमा झिंगा फेला परेपछि यस बारेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण जिल्ला शाखाले अनुसन्धान सुरु गरेको छ ।

जय अम्बे होटेल एण्ड नास्ता पसलमा स्थानीय रेशम बस्नेतले हिजो किनेर खाइरहेको समयमा सडेको झिंगा रहेको फेला पारेपछि इलाका प्रशासनलाई जानकारी गराइएको थियो ।

३० रुपैयाँ पर्ने २५० मिली लिटरको जुसको बोत्तलमा झिंगा भेटिएपछि विभागमा जाच गरी आएको रिपोर्टका आधारमा कारवाही प्रक्रिया अगाडि बढाइने इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर बुढाले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु