कम्यूनिटि सेन्टर -सुजाता के सि

म कम्यूनिटि सेन्टर हूं नेपालीहरुको

म शीतले भिजेको छू , नाङ्गो छू , खूला डाँडामा छु ।

मलाई ओत लगाईदेउ केवल म जमिन मात्र छु।
म नेपालीहरुको नाम हू सन्तान अनि पूस्ताको सम्पति हूं
हजारौ हातले समाउ एकै मूटु बनेर उठाउ ।
हे नेपालीहरु एक्लो नपार मलाई, समाज चाहिन्छ ।
म आतिन थालिसके हराइसके अनि रुन थालिसके
मलाई साथ देउ, हात देउ, सबैको माया देउ
टाढाबाट मलाई औला र आंखाले मात्र केवल घोच्ने नगर
म कम्यूनिटिन सेन्टर हूं , नेपालीहरुको एकमात्र छाति हूं ।
हजारौ हातले समाउ एकै मूटु बनेर उठाउ ।
म नेपालीहरुको साइनो हूं गवाइ दिने परिचय हूं
मलाई नेपाली झण्डा बोकाउ अनि लाली गुरासँ फुलले सजाउ।
के गुनिरहेका छौ निस्ठुरी बनि, किन भुल्दै छौ प्रतिकारबादी बनी।
म सगरमाथा हुं , म गौतम बुद्ध हुं ,म प्रबासी नेपालीको माया हूं ।
-सुजाता के सि

Comments

comments

सम्बन्धित शिर्षकहरु