शालीन बेश्या ! ……………………..

शालीन बेश्या ! उनको नाम हामीले पूर्णिका राखेका छौं ,उनको पारिबारिक नाम र हुलिया पनि गोप्य राख्नु हामी पत्रकारको काम हो , सामाजिक जीवनमा आएका विकृतिलाई केलाउनु पनि हाम्रै काम थियो, मानिसको सार्बजानिक रुपमा अपराध घोषित नभए सम्म गोप्य नै राखिनु पर्छ ,यतै सिलसिलामा मैले धेरै पल्ट व्यापारिक ,व्यक्तिबाट मुद्दा खेपेको छु, नेताको बारेमा खुलेयाम कालो कर्तुत निकाल्दा अपहरणमा परेकोछु । अस्ति भर्खर साइबर ऐनको मुद्दालाइ लिएर धेरै बहस भए , पत्रकारको कलम लाइ बैरी मान्ने बिशेष गरि ब्यापारी र नेताहरु जुन निजि स्वार्थमा अगाडी आउछन ,मैले एक जना नेताको पिए लाइ अपराधिक रुपमा देखेको थिएँ ,कुरो अर्कै रहेछ ।

आज भन्दा झन्डै एक बर्ष अघिको कुरा हो , मलाई त्यहाको वास्तविक घटनाको बारेमा उल्लेख गर्नु थियो ,यौटी २२ बर्षकी युवतीको लाश शिद्द्बाबा मन्दिरको ठिक तल तिनाउ नदीको किनारमा पाइएको थियो , सडकमा हिड्ने मानिसहरुले केही गनाएको सिनो भन्दै नाक छोप्दै आफ्नो गन्तव्यमा जान्थें । के हो ? केको ?कसैलाई थाहा थिएन ।
हेर्दा मंगोलियन युवतीको छ्तबिछ्त लास छ भनेर गोठालाले सुनाए , म आफ्नो क्यामेरा र डायरी मा वरिपरिको अवस्थालाई नियाल्दै समाचार बनाउदै थिएँ ,अचानक केही अपराधिक देखिने मुन्द्रे मण्डले जस्ता युवक मेरो नजिक आएर धम्काउन थाले , अचानक प्रहरीको भ्यान आउने बित्तिकै उनीहरु भाग्न थाले , मेरो सुरक्षित गोप्य क्यामेराबाट उनीहरुको भिडियो लिई सकेको थिएँ , प्रहरीले आफनै कर्तव्य पालन गर्यो मैले आफ्नै , मानिसको भिड बढ्दै गयो , किशोरीको लाशको खवर नजिकको बुटवल बजारमा चैतेहुरिमा लागेको आगो झैँ फैलियो ,अस्पितलको एक कुनामा करिब २४ /२५ को युवकले सुन्छ ऊ आत्तिन्छ , उस्की साथी थिइ ,ऊ रिक्सा चलाउथ्यो एक रात सडकको किनारमा उसलाई भेटेर ल्यायो । उनीहरु संग संगैं बस्न थाले , उसले अचाक्ली माया गर्थ्यो , युवक संग आफ्नो वास्तविक काहनी सुनाइ आफ्नी बहिनी रेनुलाई बचाउन उसले सारा सम्पति बेची ,आखिरी केही नभए पछि उसले आफ्नो अस्मितालाई शहरका ठूला ठूला मान्छेको सामु प्रस्तुत हुन् थाली , उसले आफुलाई शित्त्ल बनेर ग्राहक संग परिचय दिन्थी , रात बिताउथी ,मनग्ये पैसा लिएर ऊ डेरामा आउथी भोलि पल्ट त्यो पैसा डाक्टरको सामु दिदै आफ्नी बहिनीलाई बचाउन हारगुहार गर्थी , यसरि नै महिनौ चल्थ्यो ,अरु नगरबधुहरु उसको कारणले रिसाएका थिए ,मार्ने धम्की पनि दिएका थिए उसले आफ्नो यथार्थ सुनाइ ,सबैले सुने सहानुभूति दिदै भने ठिक हामीले तिम्रो कुरा बुझ्यौ होस् गर तिम्रो ज्यानलाई पनि खतरा हुनसक्छ यहा थुप्रै लुटेराहरु छन हेटौडा पोखरा बिरगंज काठमान्डूका भन्दा खुनी हत्यारा यता छन सतर्क हुनु बहिनी बनेर उनीहरुले सम्झाएर गए ।

समय बित्दै गयो उसले आफ्नो अस्मितालाई बहिनीको जीवन बचाउन नर्कित बनाउदै लगि ,उ बिरामी हुनथाली ,औषधि खान्थी जान्थी ,रेक्सावाला आउथ्यो ,उसको अबस्था देखेर दुखित हुन्थ्यो ,भन्थ्यो छोड अब हामीले नया जीवन सुरु गर्नु पर्छ भन्थ्यो ,उ मुसुक्क हासेर उसको नजिक टासिन्थ्यो, रेक्सावालले कहिल्यै अनुचित ब्यबहारले हेरेन , संगैबस्थे रमाउथे ,छिमेकीले भनेको कुरामा उसले वास्तै गर्दैनथ्यो !ऊ दतचित्त भएर बहिनीलाई बचाउन सफल भइ , ऊ अब केही महिना पछि दार्जलिंग जादै थिइ बहिनीलाइ बुटवलको एक जना युवकले भगाएर ल्याएको रहेछ । उसको खवर सुनेर यहा आएकी थिइ अबस्था ज्यादै नाजुक भएर नै उसलाई लान सकिन ,उपचार यतै गर्न खोजेकी थिइ , सुन्दर अनुहार मंगोलियन बेशभुषा ,सुमधुर मिठो बोलि लजालु आखालाई हेर्दा जो कोही पनि लोभिन्थें , पवित्र मन हुने हच्किन्थे , पुर्णिमालाई ३ दिन को लागि बिशेष प्रोग्रामको निम्ति करिब ५०००० को अफर आयो ,उसले हुन्छ भनि ,समयको ठिक ३ बजेको थियो ९ बजे तोकिएको ठाउमा बोलाइयो ,ऊ पहिलेको जस्तो सम्झेर गई , रेक्सावालले नै पुराएर आयो , तिनदिन सम्म पोखरा काठमान्डू जाने कुरा बताएकी थिइ , के गरोस घरखर्च र बहिनीको उपचारमै ब्यस्त थिइ , बिरामी बहिनीलाई घरमा छोडेर ऊ निस्की ऊ यो काम प्रति घृणा हुदा हुदै पनि बिबस भएर लागेकी थिइ । रेक्सावाल घर आयो ,सोध्यो रेणुलाइ , फोन गर्यो फोन बन्द थियो , उसले धेरै बेर सोचेर फोन गर्ने साथीलाई भेट्यो ,ऊ पनि अचम्म पनि अचम्म बन्यो ,कहा गइ होलि त पुर्णिमा ? ऊ कति माया गर्थ्यो ? सबैतिर खोज्यो रेणु रातभर रोइ फेला पर्ने कुनै सम्भावना नै थिएन ,स्थानीय एफ.एम हरु लुम्बिनी एफ।एमा बुटवल एफ.एमा ,तिनाउ एफ.एममा सिद्द्बाबा मन्दिर मुनि को युवतीको बारेमा पटकपटक समाचार प्रशारण गरिरहेका थिए , प्रहरीमाथि जनदवाव बढिरहेको थियो ,कस्ले हत्या गरेको हो खुनी को हो भन्ने कुरा खुल्न सक्ने आधार थिएन ।

मैले संकलित गरेको आफ्नो समाचार पत्रिकामा आइ सकेकोले प्रहरीलाई केही राहत हुन् पुग्यो , सिलसिला कसरी सुरु भएको थियो ,कसरी त्यो लाश त्यहा आयो शंकास्पद मानिसको घेरामा कोको पर्छन भन्ने कुरा अनुसन्धानलाइ सहज बनाएको थियो ,मेरो मोबाइलमा अज्ञात फोन आउन थाले ,म आफ्नो फोन सुरक्षा निकायलाई सुम्पन बाध्य भए ,नभन्दै एक जना प्रत्यक्ष दर्शी देखा परे उनले खुलेर भने बुटवलका एकेक अपराधीहरु प्रशासनको गेरामा परे आखिरी नेताका छोरा ,व्यापारीका छोरा ,प्रशासकका छोराहरुको संलग्नता भएको पुस्टि भयो .बुटवल बजार तिन दिन सम्म तनाब ग्रस्त भयो ,अपराधीले पुर्णिमासंगको सारा नगद सुनका गरगहना सिक्री औठी लुटेका उसलाइ बलात्कार गरि मारेर फ्याकेको बताए ,रिक्सावाललाइ प्रहरी निगरानीबाट निकाले र उसलाई बोलाएर रेणुको लागि जम्मा भएको रकमप्रहरीले रेक्सावालको रोहबरमा रेनुलाई दिलायो रेणुलाई रेक्सवाल ले दिदीको बारेमा सम्पूर्ण कुरा सुनायो र भाबुक बनेर रोयो ,हो रेणु मैले तिम्री दिदीलाई माया गर्थें उनी बेश्याबृति तिम्रो जीवनको लागि गरेकी थिइन् ,पुर्णिमाको लाश लुम्बिनी अस्पितलबाट निकाली तिनाउ नदीमा जलाइयो , कानुनी प्रक्रिया तयार गरि अपराधीलाई जेलचलान गरियो आज पनि सिद्द्बाबा जान रेक्सावाल हच्किन्छ ,पुर्णिमाको छ्तबिछ्त लाश तिनाउको किनार देखेको थियो कति रोहेको थियो जति उस्की आमालाई १५ बर्षको उमेरमा छोड्दा पनि रोएको थिएन उसको मन अझै शान्त भएको छैन , रेनुले धेरै सम्झाई एक दिन अचानक रेक्सवाललाइ नजिक भएर भनि “भेना के मलाई आफ्नी बनाउनुहुन्छ त ?”ऊ चुप भयो , उसले पुर्णिमाको यादमा हराई रह्यो , पत्रकारको कलम भित्र मैले कथा देखे जे देखें त्यही लेखें �������������������..समाप्त ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,इन्द्रेणी शर्मा जलद का सृजनाहरु (कथा )बाट प्रस्तुत । rnइन्द्रेणी शर्मा “जलद”/ मोहन आचार्य rnप्रगतिनगर ,नवलपरासी ,लुम्बिनी नेपाल । हाल लिस्बोन पोर्तुगल दिनांक ३ अक्टुवर २०१३ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु