स्यावास् सविता !

कोटेश्वर जडिबुट्टि काडाँघारी सडकखण्डको पुरानो सिनामंगलको सेतो घर नजिकै एउटा विशेष प्रकृतिको विशेष स्कूल तथा पुनस्र्थापना केन्द्र (SSDRC) छ । जहाँ भेटिन्छिन् बौद्धिक अपाङ्गता तथा ‘अटिजम’ भएका बावाबालीकाहरुलाई एक युवती । 
समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर गर्दै गरेकी अविवाहीता ती युवती चौँतिस जना अपाङ्गता भएका बालवालीकाहरुको स्याहार, सुसारकर्ता एवम् शिक्षिका तथा विद्यालयकी सञ्चालीका मात्र होईन ती बालवालीकाको खास अभिभावक भएकी छिन् ।

सत्ताईस बर्षे भरभराउँदो जवानीमा र ‘लाउँ लाउँ खाउँ खाउँ’कै उमेरमा बच्चा स्याहार्ने त्यो पनि शारिरिक हिसावले असक्त मानसिक हिसावले अस्वभाविक, सघन बौद्धिक अपाङ्गता भएका विशेष प्रकृतिका  तर उनको  अनुहारमा किञ्चित झन्झट र दुःख तथा निराशाका रेखा भेटिँदैनन् बरु फुरुङ छिन् । हँसिली देखिन्छिन् । समाजमा हेयभावले हेरिएका, परिवारको उपेक्षाको पात्र बनेका, खोटो भाग्य बोकेर जन्मेका अभागी कर्म भएका भनिएका र पारिवारिक माया ममता समेतबाट अलग्गिएर कष्टकर तथा दुःखदायी जीवन व्यतित गरिरहेका निर्दोश र निष्कपट बालवालीका सम्हाल्न र तिनको असली अभिभावकत्व निभाउन पाएकोमा ।

पाँच बर्ष अगाडी राष्ट्रिय अपाङ्ग कोषको जागिर खाँदै पढाईलाई निरन्तरता दिँदै गर्दा जीवनका लक्ष्य अनेकन थिए । अचानक एकदिन फोहरको डङ्गुरमा अर्काले मिल्काएको पुस्तक नियाल्दै अक्षर चिन्ने कोशिस गरिरहेको एक अवोध वालकलाई देखेर अचम्मित मात्र भईनन् जीवनलाई तीनै बौद्धिक अपाङ्गता भएका बालवालीकालाई �केही गर्ने� र योगदान दिने सोच बनाएर जीवनको बाटो बदलेकी उनले अत्यन्त कष्टकर र पट्यारलाग्दो पेशामा किन हात हालिन् र बौद्धिक अपाङ्गताको क्षेत्रमा नै केही गर्ने सोच राखिन् त ? �समाजमा हामीले हाम्रो भूमिका खोज्ने होईन देखाउने हो, शारिरिक अपाङ्गता भएकाहरुले त जीवनमा धेरै गर्न सक्छन् भने हामी सवलाङ्गहरुले किन सक्दैनौँ ?� उनी निर्धक्क बताउँछिन् र थप्छिन् हरेक चुनौतीसँग मुकाविला गर्दै अगाडी बढ्न सिक्नुपर्दो रहेछ । �मानिस जन्मँदा सवै उस्तै प्रकृतिले जन्मने हो, भगवानले सवैलाई सवै चिज बरावर दिएकै छन्  तर आफुसँग भएको क्षमतालाई फरक�फरक तरिकाले उपयोग गर्नु पर्दछ, मलाई यो क्षेत्रमा लाग्न पाएकोमा गर्व अनुभुती हुन्छ ।� उनी मुस्कुराउँदै बताउँछीन् ।
आफुलाई राम्रो र उत्कृष्ठ देखाउन र समाजमा अव्वल सावित हुन प्रशस्त रुपिँया पैसा र धन सम्पत्ति कमाउने होडबाजी चलेको र रुपिँया पैसा कमाउनका लागि के जस्तो गर्न पनि पछि नपर्ने आजको समाजमा पाएको जागीर गुमाएर समाजसेवामा होमिने विरलै मानिस भेटिएलान् तर उनी पारिवारबाट समेत उपयुक्त माया नपाएका आफ्नै घरमा साङ्लोमा बाँधिएर कैदि जस्तो अमानवीय र कष्टकर जीवन बाँचीरहेका बालवालीकाहरुलाई जीवनको रङ्ग देखाँउदै बाँच्ने ढङ्ग सिकाउँने र सङ्घर्षको पाईला चाल्न �ताते� गराउँछिन् । तिनको जीवनको सहारा बनेकिछिन् ।
मनकारी हातहरुले दिएको �मुठ्ठि चामल� सरहको सहयोग जम्मा गरेर �शित उभाउँदै घैला भर्दै� तथा कहिल्ये सहकारीबाट समेत ऋण काढेर विशेष बालावालीकाको स्याहारमा रातोदिन मरिमेट्दैछिन् उनी । दुई बर्ष अघि डि.भि भिजा मार्फत अमेरीका जान पाएको अवसर लत्याएर र सुन्दर भविष्य निर्माण गर्ने अमेरीकी भिजा चिट्ठालाई दराजमा थन्क्याएर तिनै बालवालीकाको अनुहारमा आफ्नो समृद्ध भविष्य नियाल्दै आफ्नो उद्देश्यमा दृढ निश्चयी सविता सबैका लागि उदाहरणीय पात्र बन्दैछिन्  ।
sarita 2
आँखामा अथाह सपना सजाउँदै पढेर समाजका सामुन्ने ‘ठूलो मान्छे’ बन्ने अठोट बोकेर चौध बर्ष अघि दोलखाको नाम्दुबाट राजधानी भित्रँदै गर्दा उनीसँग सपनाका चाङ् थिए । संघर्षका दौरानमा उनले धेरै क्षेत्रमा सफलता हात पारिन् पनि । जीवनमा कहिल्यै पछाडी फर्कनु हेर्नु परेन  । सदैव अगाडी बढि नै रहिन् । केही बर्ष नीजि स्कूलमा अध्यापन गरिन् । राष्ट्रिय अपाङ्ग कोषमा अधिकृत सरहको जागीर पनि खाईन् । अमेरीका जाने भिजा पनि मिल्यो । जीवनमा सम्भावनाकाबाटाहरु छरपष्ट भेटिए तर उनले लक्ष्य जसलाई बनाईन र पूर्तिका लागि जोखिम उठाईन् त्यसले नै जीवनमा सवैभन्दा बढि आत्म सन्तुष्टी  मिल्यो । ‘मरेर केही पनि लैजान नमिल्ने भन्दै’ उदार तर्क राख्दै  ”आफुका लागि त जो पनि बाँचेकै छ नी समाजका लागि केही गर्नुपर्नु पर्छ” भन्दै युवाहरुलाई अनुकरणीय व्यक्तित्व बन्न सुझाउँछिन् ।
उप्रती परिवारकी माईली छोरी, हुर्केबढेकी तथा पढेकी पनि ।  विहावारी गरेर आफ्नो घरसम्हाल्नुपर्ने समयमा बौद्धिक अपांगता भएका सघन पकृतिका बच्चा सम्हाल्ने तथा उनीहरुको जीवनलाई सहज बनाएर आफ्नो व्यक्तिगत जीवनप्रती उदासिन देखिएकीमा उनका आमावावु पनि दुःखी छैनन् । उल्टै आमा विहान देखि वेलुका सम्म सँगै बसेर सघाउँनुहुन्छ । आमाछोरी साथीसंगी जस्तै देखिन्छन् । दुवै जुटेका छन् बालवालीका स्याहार्न । दाजु भाईले पनि साथ दिएका छन् । बावाले पनि वेलावखत सरसहयोग जुटाईदिरहनुहुन्छ । दह्रीलो पारिवारीक साथ पाएकी छिन् उनले ।

sarita 3
केही दिन अगाडी मात्रै उनको केन्द्रमा एक जना अटिजम भएको भर्ना भएको छ । ती बच्चालाई उनकी आमाले मरोस् भनेर पटक पटक भीरबाट गुल्टाउने प्रयत्न गरिछिन् । उनका काका पर्नेले उद्धार गरेर केन्द्रमा ल्याईपुर्याउनु भएछ । आफ्नै आमाले मार्न खोजेपछी त्यस्ता बालावालीकाको वास्तवीक संरक्षणकर्ता को हो त ? त्यस्ता विशेष प्रकृतिका बालवालीकाहरुलाई कसले स्याहार्ने ? तिनका पालनकर्ता को हो ? कसले हेरिदिन्छ तिनीहरुलाई ? अपाङ्गता हुनु अपराध वा पुर्वजन्मको फल नै हो त ? उनी प्रश्न गर्छिन् र उनीहरुलाई नयाँ जीवन दिन सकेको र संसार चिनाउन पाएकोमा सन्तोषको लामो श्वास फेर्छिन् । उनको गुनासो छ,अपाङ्गता भएका विशेष प्रकृतिका बालवालीकाहरुलाई परिवारले समेत उपेक्षा गरेको मा र  राज्यले पनि त्यस्ता प्रकृतिका वालवालीकाहरुलाई केही नगरेकोमा, अपाङ्गता भएर असहज जीवन बाँच्न विवश विशेष बालवालीकाहरुलाई पढाउने पाठ्यक्रम समेत नभएकोमा उनी निराश छिन् । अझै दर्दनाक र पीडादायी जीवन बाँचिरहेका छन् बौद्धिक अपाङ्गता भएका बालवालीकाहरुले ।
उनले अटिजम भएका विशेष  वालवालीकाहरुलाई आवश्यक पर्ने साईकोथेरापी लगायत अन्य उपचार र स्याहार र आवश्यक शिक्षाका लागि भारतबाट विशेष तालिम पनि लिएकी छिन् । उनको केन्द्रमा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालवालीकाहरुलाई विशेष स्याहारको व्यवस्था छ त्यहाँ आउने बालवालीकाहरुलाई विशेष उपचार मार्फत उनको जीवन सहज मात्र भएको छैन । पुर्नजन्म पनि पाएको भान हुन्छ । केन्द्रमा ठूला घरानीयाका देखी आधारभुत तहका एवम् अनाथ र अभिभावक नभएकाहरु समेत छन् ती सवैको जीवनलाई सहज बनाउन उनी अहोरात्र प्रयत्नशील छिन् । उनी हालै मात्र इज्रायलको जेरुसेलमा सम्पन्न भएको विशेष शिक्षा सम्बन्धि पच्चिस दिने सेमीनार गोष्ठीमा नेपालको तर्फबाट सहभागी हुने मौका पाईन् । एसिया र अफिकाका विभिन्न मुलुकका विशेष बालवालीकाहरुसँग कामगरेका प्रतिनिधिहरुसँग घुलमिल हुने र ती देशका विशेष वालवालीकाहरुको वस्तुगत अवस्था, गतिविधि र अनुभवहरुसँग साक्षत्कार हुने अवसर पनि मिल्यो तर अन्यत्र देशको तुलनामा नेपालको बौद्धिक अपाङ्गता भएका बालवालीकाहरुलाई राज्यले गर्नुपर्ने उत्तरदायित्व बहन नगरेको प्रति उनको मन कुँडियो  । उक्त सम्मेलनमा सहभागी हुन राज्यले अनुमती प्रदान गर्ने बाहेक अन्य केही सहयोग नगरेकोमा उनले दुखेसो पोखिन् तर पनि आफूले केही पाउन भन्दा गुमाउन नै यो क्षेत्रमा लागेको र देश�विदेशका सहयोगी हातहरुले सहयोगको हात फैलाईदिएको मा उनी सन्तुष्ट छिन् ।
उनको संस्था नेपालको एक मात्र अटिजम उपचार केन्द्र पनि हो । यस केन्द्रले बौद्धिक अपांगता भएर अमानवीय जीवनयापन गरिरहेका एवम् परिवारको हेय पात्रको रुपमा रहेका बालवालीकाहरुलाई नवजीवन प्रदान गर्दछ । विभिन्न उपचार पद्धती (थेरापीहरु) मार्फत उनीहरुको जीवन थप सहज बन्न सक्दछ । बौद्धिक अपाङ्गता भएका बालवालीकहरुले अन्य नागरिक सरह बाँच्न पाउने अवस्थाको प्रत्याभुत गराईदिएको मा उनीहरुको जीवनलाई सहज बनाईदिएको सविता उप्रतीको योगदान प्रशंसनीय मात्र छैन उहादरणीय पनि छ । स्यावास् सविता !

प्रस्तोता रामनाथ खनाल

Comments

comments

सम्बन्धित शिर्षकहरु