“उत्पिडित कयौ कार्यकतालाई वेवास्ता गरेको कारण प्रचण्ड असफल भए”: भावना विद्रोही

“उत्पिडित कयौ कार्यकतालाई वेवास्ता गरेको कारण प्रचण्ड असफल भए”: भावना विद्रोही झापाको धरमपुर ५ मा जन्मिएकी भावना विद्रोही निम्म वर्गीय परिवारमा हुर्कनु भएको हो । आमा सिताकी एक्ली छोरी भावना सानैदेखि समाज र देशलाई कसरी परिवर्तन गराउने भन्ने बारेमा गहिरो चिन्तनमा डुब्ने गर्नुहुन्थ्यो । 

बिद्यालय स्तरमा जनवादी गायन, सामाजिक प्रगतिशिल नाटक लगायतका कला प्रस्तुत गरेर हुर्कदै गर्ने क्रममा ठूला ठूला दार्शनिकहरुको किताब र जनादेश साप्त्तहिकको अध्ययनबाट उहाँलाई राजनीतिक गर्ने प्रेरणा मिल्यो । आमाले मात्र पारिवारिक आर्थिक भार थेग्न नसकेको कारण भावनाले ८ कक्षा पढ्रदादेखि नै पौढ कक्षा तथा स साना बाल बालिकालाई ट्युसन पढाउनु पर्ने बाध्यता पनि रह्यो । त्यतिबेलातिर आमालाई सघाउन सुइटर बुन्नको लागि दमकबाट धागोको भारी पल्टाउदै ल्याउने गरेको उहाँ अझै बिर्सनुहन्न ।

bhawana 1
धरमपुर स्थित मोती माविबाट एसएलसी उतिर्ण गुर्नभएकी भावनाले पछि राजधानी स्थित रत्न राज्य लक्ष्मी क्याम्पसबाट राजनीतिक शास्त्रमा स्नातक तहको शिक्षा पुरा गर्नु भएको हो । माओवादी जनयुद्ध सुरु हुनु अघि सम्म छोरीलाई कुशल श्वास्थ्यकर्मी बनाउने सपना बोक्नु भएकी आमा सिताले प्रेरणा दिनु भए अनुसार भावनाले १५ महिने सिएमए कोर्स समेत पूरा गर्नु भएको थियो ।
सानैदेखि देश र जनताको महत्वाकाक्षा बोक्ने भावना आमाको उल्लेखनीय ममता र प्रेरणाले आज जनयुद्धकी एक विर्सन नसकिने हस्ती बनेर चिनिनुहुन्छ ।

भावना भन्नुहुन्छ, “आमाले गरेको समाज सेवाको प्रेरणाले गर्दा समाजलाई परिवर्तन गराउन सकिएला भन्ने उद्धेश्यले २०५४ सालदेखि तत्कालिन नेकपा माओवादीमा भुमिगत समेत बनेर आफुलाई समपर्ण गरेको थिए ।”
समाजसेवी आमा सिताकी एक्ली छोरी भएर पनि विद्रोही परिवारको सेवामा मात्र सिमित रहनु भएन । हजारौ पीडित आमाहरुका पक्षमा बोल्न र लड्न उत्साहित विद्रोहीले तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा १७ बर्षे उमेरदेखि नै होमिनु भयो ।

विद्रोही भन्नु हुन्छ,”ममा चेतना बृद्धि भएदेखि नै विद्रोही स्वभाव उत्पन्न भएकोले गर्दा होला आफूजस्तै उत्पिडित वर्गहरुलाई कसरी न्याय दिने र चोतर्फी रुपमा वैदेशिक घेराबन्दीले आजित भएको मुलुकलाई कसरी मुक्त बनाउने भन्ने कुराले सानैदेखि पिरोली रहन्थ्यो ।”
त्यसै क्रममा २०५२ सालमा सुरु भएको माओवादी जनयुद्धले देशको पूर्वी क्षेत्रतिर बिस्तारै प्रभाव पार्दै गयो र यहि मुक्ति आन्दोलनमा विद्रोही आफू पनि सामेल हुनु भयो । सर्वहारा वर्गको अग्रदस्ता तत्कालिन नेकपा माओवादीले आम शोषित पीडित जनतालाई मुक्ति दिन्छ, राष्ट्रलाई स्वाधिन बनाउछ भन्ने पूर्ण विश्वासले युद्धमा होमिएकी विद्रोही आज आएर आफ्नो पार्टी नेतृत्व्ले जनयुद्धका मर्म र भावनालाई कुठाराघात गर्दै पार्टीको आधिकारिक लाइन छोडेकोले पार्टी त्याग्न बाध्य रहेको बताउनु हुन्छ

जनयुद्ध उत्कर्षमा गइरहेको बेला २०५८ सालमा तत्कालिन शाहीकालिन शासनमा उहाँलाई प्रहरीले गिरफ्तार गरी झण्डै एक महिना हिरासतमा लिएर चरम यातना दिइराखेको थियो । “दिनमा हनुमान ढोका का.जि.प्र.का.मा राखिन्थ्यो राती भएपछि कालोसिसा भएको गाडिमा हालेर अज्ञात स्थानमा लगी दुव्यावहारको शिकार बनाइन्थ्यो । ” उहाँ खुलासा गर्नुहुन्छ, “दुव्यावहार गर्न नपुगेर दिशा पिसाब गर्न पनि कपडा खोल्न बाधिएको हात फुकाइदैनथ्यो । प्रत्येक दिन राती दिशा पिसाब भएका कपडा दिउसो हनुमान ढोकामा अरु कैदी महिलाका कपडा लगाएर आफ्ना कपडा सफा गर्नु पथ्र्यो, यो प्रक्रिया हनुमान ढोका बसुन्जेल प्रत्येक दिन दोहोरिरहन्थ्यो । ”

२०५८ साल साउनमा सरकार र माओवादी दुवै पक्षको सहमतिबाट युद्ध विराम भएको समयमा विद्रोही हिरासतबाट जिल्ला प्रशासन हुँदै छुट्नु भयो । यो त पाँचौ पटकको यातना मध्ये पहिलो थियो । त्यतिबेलाको खाँउ-खाँउ, लाँउ-लाँउ भन्ने उमेरमा समेत अन्य युवतीहरुको जस्तो चाहना आकाक्षा उहाँलाई भएन बरु प्रहरीले दिएको यातनाबाट झनै भावना पार्टी क्रान्ति र विचार प्रति अझ प्रतिवद्ध हुनु भयो । उहाँ असनेपालन्युजसँग यसो भन्नुहुन्छ, “मलाई त्यो वर्ग संघर्षको भट्टीले अझै खारिएर जनयुद्धलाई उचाईमा लान उक्सायो । ” यसरी जनयुद्धमा सामेल भएर पार्टीका गतिविधिमा भाग लिदै हिड्ने क्रममा भावनालाई पुन २०५९ सालमा काठमाडौको महाराजगं स्थित भैवनाथगणमा साढे तीन महिना जति आँखामा पट्टी लगाएर वेपत्ता पारियो । उहाँ भन्नुहुन्छ, “कालो पट्टीले दिन रातै अध्यारो बनाएको बेला सुरुमा त थाहै पाइन पछि पो थाहा पाए त्यो त भैरवनाथगण मानव बधशाला कसाई खाना रहेछ ।”
यातनाबाट निस्किएपछि हाल अदृष्य अपागता र घाइते शरिर लिएर पनि विद्रोही बाच्न भने सफल हुनु भएको छ । “त्यतिबेला बाचिन्छ भन्ने त एक प्रतिशत पनि आशा थिएन,यातनाको त कुरा गरी साध्य नै छैन भ्याएको भए एउटा किताबको ठेली नै तयार हुन्थ्यो,एउटी महिलाले गुमाउनै नहुने चिज सम्म गुमाउनु परेपछि बाँकी के रह्यो र ?” मानवरुपी राक्षसहरुले दिएको पीडाको क्षणलाई स्मरण गर्दै भावनाले भन्नु भयो, “पशुवत व्यावहार गरेर मेरो भौतिक शरिरमा त खेले तर मेरो विचारमा कहिल्यै खेल्न सकेनन ।”

पत्रकारिता क्षेत्रमा पनि संघर्षशिल भावनाले ६ बर्ष अघिदेखि आफै सम्पादक बनेर नँया विद्रोह नामक साप्त्तहिक पत्रिका समेत प्रकाशन गरिरहनु भएको छ । उहाँले पत्रिकाको व्यवस्थापनको जिम्मा पनि आफै लिनु भएको छ । जनयुद्धमा सेनाको यातनाका कारण आफ्ना हातले राम्ररी लेख्न नसक्ने भावनाले आफूले मुखले बोलेर अर्को व्यक्तिले उहाँको समाचार लेख्न तथा टाइप गरिदिनु पर्ने अवस्था छ । कठिन मिहनेतको बाबजुत पनि च्याउ सरी साप्त्तहिक पत्रिकाहरुसँग प्रतिश्पर्धा गर्दै आफ्नो पत्रिकालाई ख वर्गमा पार्न भावना सफल पनि हुनु भयो ।

अन्य जनयुद्धका घाइते तथा जीउदा सहिदहरुको जस्तै भावनाको पनि गुनासो उस्तै छ । “आज आएर पार्टीले न त सहिदको रगतको कदर गर्यो, न त आफूजस्तै जीउदा शहिदको वास्ता नै गर्यो । ” भावनाको भनाई यस्तो छ “जनयुद्धको मर्म र भावनालाई कुल्चिएर १२ बुँदे सम्झौताका नाममा जनयुद्धलाई तुहाइयो, अझ शान्ति प्रकृयाको नाममा जनयुद्धका सम्पत्तिहरु जनसरकार,जनकम्युन, जनअदालत, जनसेना लगायतका चिजहरुलाई सत्ता सौदाबाजि गरियो । ”
मृत्यू र जीवनको दोसादमा रहेर पनि जनयुद्धमा समर्पित भावनाले प्रचण्ड नेतृत्वको माओवादीलाई पछ्याइनरहनुको मुख्य कारण यहि थियो ।

अब यो नाफाको जीवन सहि ठाँउमा सदुपयोग गरौ भनेर भावनाले यसरी दोस्रो पटक पनि कठोर सैनिक यातनाबाट थिलथिलो भएको शरिरलाई फेरी पार्टी जीवनमा लगाइरहनु भयो । यसै दौरानमा पार्टीको काम गर्दै महिला मुक्ति र वर्गीय मुक्तिको खातिर कलम चलाउदै उहाँ अगाडी बढ्नु भयो । यसै क्रममा जेल हिरासतको दौरानमा फेरी २०६२ सालमा दोस्रो जन आन्दोलनको क्रममा उहालाई गिरफ्तार गरि अज्ञात ठाँउमा राखि भोली पल्ट छोडियो । त्यसपछि फेरी अर्को पटक गिरफ्तार गरी सेना र प्रहरीको कठोर हिरासत यातनापछि केन्द्रीय कारागार महिला बन्दी गृह लगियो । र ३५ दिन पछि कानुनी प्रक्रियाबाट पत्रकार महासंघ लगायत सम्पूर्ण न्यायिक संघ सस्थाको सहयोगबाट रिहाई गरियो ।
जीवनमा यस्ता कठिन परिस्थतिसँग सामना गर्नु पर्दा पनि देश र जनताप्रति सदैव समर्पित भएर हिड्दा नै भावनालाई सन्तुष्टि मिल्छ ।
“यसरी आफू जस्ता कयौ नेपाली जनताका छोराछोरीले बलिदान गरेर २३७ बर्षको राजतन्त्र अन्त्य गरी गणतन्त्र ल्याइयो, तर नेताहरुको गैर जिम्मेवारी पनले गर्दा गणतन्त्रलाई संस्थागत गर्न सकिएन, यो बिषयले मलाई बारम्बार पिरोलिरहन्छ । ”

यसरी नीतिगत हिसाबमा पुरै बिचलन र ब्यावहारिक हिसाबमा पार्टी भित्र बढ्दै गएको नाताबाद, कृपावाद बिलासितापूर्ण जीवन नँया प्रवेशीलाई भित्र्याउने नाममा पार्टी भित्रका पुराना उत्पिडित कार्यकर्तालाई उपेक्षा गर्नु र विकृत मान्छेहरुलाई बढवा दिनु कारण आफुले २०६७ फागुन २६ गते नेपाल सर्वहारा कम्युनिष्ट पार्टी माओवादीको स्थापना गर्न वाध्य रहेको उहाँ बताउनु हुन्छ ।
हाल यस पार्टीकी केन्द्रीय अध्यक्ष भावना राजनीतिक क्षेत्रमा बाउन्न घुस्सा र त्रिपन्न ठक्कर खाँदै याँहासम्म आउनु भएपनि अझै निराश नभै झन जोशिलो देखिनुहुन्छ ।
यतिबेला नेकपा माओवादीले नेतृत्व गरेको ३३ दलीय मोर्चामा आवद्ध भावना फुर्सद भएको समयमा जनवादी गीत सुनेर आनन्द लिने गर्नुहुन्छ ।
भावनालाई नियाल्दा नीजी स्वार्थ छोडी यत्तिका धेरै कुर्वानी गरेर जनताको श्वार्थको लागि भन्दै रटान दिएर सार्वजनिक जीवन बिताउने महिला विरलै भेटिन्छन् ।
बाच्नु छ त देश र जनताको लागि बाच्नु नै ठीक हुने उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, “मरेर बाँचेको बाँकी बोनसको जीवन देश र जनतको लागि समर्पित गदर्छु ”
दश बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको मुद्धा पुरा गराउन आफू संविधान सभामा सहभागि हुन नपाउदा सरकार र चार दलसँग भावनाको आपत्ति छ । आन्दोलनकारी ३३ दलको प्रस्तावलाई स्विकारेर चैतमा चुनाव सारेको भए पक्कै आफ्नो पार्टी संविधान सभामा सहभागि हुँने र आफ्ना एजेण्डाले मान्यता पाउने उहाँको भनाई छ ।

आफ्ना संविधानसभाको एजेण्डा राष्ट्रघाती र जनघातीहरुले खोसेर आफूहरुलाई पुन विद्रोहमा फर्काउन सरकार लागि परेको भावनाको कथन छ । दोस्रो संविधान सभा निर्वाचनको अघिल्लो दिन मंसिर ३ गते भावनालाई प्रहरीले गिरफ्तार गरी जिप्रका हनुमानढोकामा राखी ६ गते रिहाई गर्यो । “आठ बर्ष अगाडी म मेरो भुतपूर्व नेता प्रचण्डलाई स्थापित गर्न त्यहि हिरासतमा मरणासन्ना यातना पाएकी थिए, आज मेरो भुपु नेता प्रचण्डले मलाई त्यहि हिरासतमा राखेर दोस्रो संविधान सभाको चुनाव लडे ।” भावना आक्रोस पोख्दै भन्नुहुन्छ, एमाओवादी अध्यक्ष प्रचण्ड आज राजनीतिमा असफल हुनुको कारण यहि हो “म जस्ता कयौ उत्पिडित कार्यकर्ताको आशु र सहिदको रगतलाई वास्ता नगरी उहाँले खेलाची गर्नु भयो ।”

३२ औ वसन्त पार गरिसक्दा सम्म भावना अविवाहित नै रहनुभएकी भावना अब पनि विवाह गर्ने मनस्थितिमा देखिनुहुन्न ।
“राष्ट्र सेवा गर्न चाहने महिलाहरुको लागि विवाह प्रगतीको वाधक हो, अपवादमा मात्र विवाहित महिलाहरुले प्रगती गर्न सकेका हुन्छन् ।” असनेपालसँगको कुराकानीमा भावनाले यस्तो भन्नुभयो, “यदी मैले पनि पहिला विवाह गरेकी भए ६ बर्ष अगाडीदेखि पत्रिका सम्पादन प्रकाशन गर्न सक्दिनथिए र अहिले स्वतन्त्रसाथ एउटा पार्टीको अध्यक्षको जिम्मेवारी वहन गर्न पनि गाह्रो पथ्र्यो ।”

सामान्य नेपाली खाना मन पराउने भावनालाई अवसर पाए पनि विदेश जाने र पैसा कमाएर मोज मज्जातिर लाग्ने कुनै सपना छैन ।

अब देशले निकास पाउन के गर्नु पर्ला भन्ने असनेपालन्युजको प्रश्नको जवाफमा उहाँ भन्नुहुन्छ, अब अन्तिरिम संविधान संशोधन गरेर माओवादी लगायतको ३३ दललाई पनि संविधान सभामा सहभागि गराउनु पर्छ नत्र राजनीति दलहरुबीच सहमति गरेर गोलमेच सम्मेलन गरी संविधान लेख्नु पर्छ ।
बैद्य समूहको माओवादीमा नबसेर किन नँया पार्टी खोल्नु भयो भन्दा उहाँ यसो भन्नुहुन्छ, हामीले बैद्यले प्रचण्डबाट विद्रोह गर्नु डेढ बर्ष अगाडि नँया माओवादी पार्टी बनाएका हौ । पछि उहाँले पनि प्रचण्डसँग सम्बन्ध विच्छेद गर्नु भयो । मोहन बैद्य किरणको भन्दा पनि हाम्रो पुरानो पार्टी हो ।
जनयुद्धका एजेण्डा पुरा गराउन आफू आजिवन लड्ने बताउने भावनाले २०६७ फागुन २६ गते आफ्नै नेतृत्वमा अर्धभूमीगत शैलीबाट यो पार्टीको जन्म गराउनु भएको थियो । यसलाई खुल्ला राजनीतिको माध्यमबाट पार्टीलाई स्थापित गर्ने ध्येयका साथ चार बर्ष पछि मात्र पार्टी खुल्ला गरेको खुलासा उहाँले गर्नु भयो ।
भविष्यमा पनि कहिल्यै राजनीति नछोड्ने अडानमा रहनुभएकी भावनाले यदि प्रमुख दल कांग्रेस एमाले र एमाओवादीले सहमतिबाट संविधान सभा गर्ने निर्णय गरे भने आफु पनि संविधान सभामा पुगेर आफ्ना एजेण्डा प्रस्तुत गर्न कम्मर कस्नु भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु