अस्ट्रेलियामा अनेसासको अस्ट्रेलिया ब्यापि कविता महोत्सव , दर्जनौ कविता वाचन र ‘हलचल ‘विमोचन

असनेपालन्युज सिड्नि।नेपाली साहित्यको श्रीव्रीद्दिका लागि प्रवास बाट योगदान पुर्याउने स्रस्टाहरू पछिल्ला दिनमा बाक्लिँदै गैइरहेका छन् । यसैविच अस्ट्रेलियामा नेपाली साहित्य र सर्जकहरूको उपस्थिति मौलाउने क्रम जारि छ। अस्ट्रेलियाका विभिन्न शहरमा बसेर सिर्जिएका कथा ,कविता , उपन्यास र गितहरूले नेपाली साहित्यमा छुट्टै आयाम थप्दै गई रहेको छ। यसै सन्दर्भमा अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) न्यु साउथ वेल्स च्याप्टरले अस्ट्रेलियामा भाषा बचाउ अभियानका तथा नेपाली साहित्यको उत्थानका लागि वर्षेनि अस्ट्रेलियाब्यापि कविता महोत्सव गर्दै आइरहेको छ। अनेसासको यसै अभियान अन्तर्गत आइतवार सिड्निमा भब्य कविता महोत्सव सम्पन्न भएको छ। ३ दर्जन भन्दाaus poem 2 aus poem 3 बढि प्रतियोगि र अप्रतियोगि सिर्जनाहरू वाचन गरिएको सो कविता महोत्सवमा सञ्जय राई को ‘चियाघारी को डेरा ‘नामक कविता प्रथम , विश्णु घिमिरेको ‘युद्दे र योद्दाहरू ‘ नामको कविता दोस्रो , थिर प्रसाद भण्डारीको ‘सत्य प्रेम’ तेसो ममता तिवारि को ‘आमा मन रुन्छ ‘कविताले चौथो स्थान हासिल गरेका थिए । कार्यक्रमका मुख्य अतिथि तथा न्यु साउथ वेल्स का महावाणिज्य दुत दिपक खड्काले विश्वभर छरिएर रहेका प्रावासि सर्जकहरूलाई एकै साथ जोड्न अनेसासले खेलेको भूमिका प्रति प्रशंशा गर्दै भाषा र पहिचानका लागि साहित्य र समुदाय एकैसाथ अगाडि बढ्नु पर्ने जोड दिनु भयो। सो अवसरमा निर्णायकको तर्फ बाट वोल्दै श्रीभक्त वाग्लेले कवितहारूका स्तर अतिनै उच्च रहेको बताउँदै अनेसासले अस्ट्रेलियामा नेपाली साहित्यको माहोल पैदा गर्नमा खेलेको भूमिका सर्हानिय रहेको उल्लेख गर्नु भयो । अनेसासले आफ्नो वार्षिक साधारण सभा मार्फत नयां कार्य समितिको समेत सर्वसम्मतीले चयन गरेको छ। यसै क्रममा महेन्द्र पौडेलको अध्यक्ष्यतामा गठित नयां समितिलाई सो अवसरमा स्वागत गरिएको थियो । नयां कार्यसमितीको अन्य पदाधिकारिहरूमा उपाध्यक्ष्य सानु घिमिरे , महा सचिव विकास उप्रेति, सचिव सुरेन्द्र दवाडि, कोषाध्यक्ष ममता तिवारि ,सदस्यहरू कुमार गिरि,निरज श्रेष्ठ , रुमु न्यौपाने , भुटानि नेपाली समुदाय संयोजक पदमा काफ्ले ,जन संपर्क संयोजक भीमसेन सापकोटा लगायतका पदधिकारि रहेका छन्। महोत्सवका अन्य निर्णायक हरूमा शोभाकान्त गौडेल ,निस्प्रभ सजि ,सुजित सिग्देल रहनु भएको थियो । नेपाली समुदायको वाक्लो उपस्थितीका विच सम्पन्न सो महोत्सवमा विकास उप्रेतिको गिती आल्वम ‘हलचल ‘को बिमोचन गरिएको थियो । डा भोला रिजालको शब्द र गायक उप्रेतीको स्वरमा सजिएको गीतलाई उप्रेतीले जोडदार रुपमा प्रस्तुत गरेका थिए । सो हलचल आल्वममा विभिन्न चर्चित रचनाकार हरूको शब्दलाई गायक उप्रेतीले स्वरवद्द गरेका छन्। अनेसास एन एस डब्लु का अध्यक्ष भीमसेन सापकोटाको सभापतित्व मा सम्पन्न सो महोत्सव लाई अनेसासकि महासचिव सानु घिमिरेले सन्चालन गरेकि थीइन । महोत्सवमा वाचित कवितहरूमा रास्ट्र प्रेम, प्रवासि जीवनका भोगाइ , प्रेम र वियोग जस्ता कविता वाचन गरिएका थिए । सो कार्यक्रमलाई वोली एन्ड्स अशोसिएट्स , एभरेस्ट तन्दुरि , एभरेस्ट कम्युनिकेशन ,यती ट्राभल्स , एक्स्पर्ट माइग्रेशन एन्ड एजुकेशन , असनेपालन्युज अनलाइन डट कम , लगायतले प्रायोजकको भूमिका खेलेका थिए । सन् २०११ देखि अस्ट्रेलियामा विस्तार भएको अनेसासको सन्जालले हरेक वर्ष कविता महोत्सव , गजल सन्ध्या , अग्रज सर्जक र कविका जयन्ति, प्रतिभाहरूको खोजि, भाषा प्रवर्द्दन लगायतका गतिविधि सन्चालन गर्दै आइरहेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु