‘विरोध बाहुनहरूको हैंन बाहुन प्रवित्तीको’ -संघिय समाजको सिड्निमा वाषिर्क साधारण सभा

‘विरोध बाहुनहरूको हैंन बाहुन प्रवित्तीको’ -संघिय समाजको सिड्निमा वाषिर्क साधारण सभा

असनेपालन्युज, सिड्नि। विभेद रहित समाज स्थापनाका लागि वर्गिय भन्दा पनि जातीय समस्या वाधक रहेको र यसका लागि सँघिय राज्य आजको आवश्यकता बनेको बताइएको छ। अस्ट्रेलियाको सिड्नी स्थित क्यान्टुवरिमा आयोजित सङ्घिय समाज अस्ट्रेलिया को वार्षिक साधारण सभाका सहभागि सँघियता समर्थक नेताहरूले सो धारणा राखेका हुन्न । ‘आफुहरूले कुनै एक जाति विषेश वाहुन ,क्षेत्रि लाई विरोध नगरेको तर जातियताको नाममा समाजमा दमन , भेदभाव र असमानता निम्त्याउने वाहुन प्रविर्त्तीको विरोध गरेको उनिहरुले सो अवसरमा बताए। वाहुन क्षेत्रि समुदायमा पनि जातीय समानताको पक्षमा आवाज उठाउने हरू  छन् र जनजातिमा पनि जातीय दमन को समर्थन् गर्नेहरू छन् तसर्थ मनिसलाइ जातको आधारमा आपसमा विभाजन ल्याउन खोज्नेलाई मात्र वाहुन प्रविर्त्ती भन्न खोजिएको नेताहरूले  जोड दिएका थिए । सँघियताले पिछाडिएका मानिसहरूको सम्मानमा पहिचानलाई अगाडि ल्याउने तर  यसले विभाजन  नल्याउने  बताउंदै नेता छवि सुब्बाले धेरै जसो अगुवा दलहरू  ले जातियताको मुद्दालाई प्राथमिकता नदिएकाले आफ्नो समस्या समाधानका लागि अरुको खेताला नबनि आफ्नै अस्तित्वका लागि लड्न सबैलाई आग्रह गरे । यस्तै सङ्घिय समाजवादी पार्टीका विदेश बिभाग सदस्य सुन्दर गुरुङले ले जातीय समस्या समाधान हुना साथ वर्गिय समस्या स्वत:समाधान हुने भएकाले नेपालको वर्तमान समस्या समाधानका लागि सँघियता एकमात्र विकल्प भएको धारणा राखे। सो अवसरमा  नेपाली संघिय समाज अस्ट्रेलियाको अध्यक्ष गणेश तमाङ्ग , तथा नेपाली समुदायका  प्रतिनिधिहरू डा विनोद  श्रेष्ठ ,होम पाण्डे , शशी राई ,हिमलाल गैरे,लगायतले सँघियताको वारेमा मिश्रित प्रतिक्रिया राखेका थिए । नेपली संघीय समाज अष्ट्रेलियाको बार्षिक साधारण सभाको लागि र त्यस अबसरमा आयोजाना गरिएको “पहिचान सहितको संबिधान लेखनमा चुनौती” बिषयको  कार्यक्रममा अतिथि को रुपमा आउने भनिएको  डा. मंगल सिद्धि मनन्धर भने सो अवसरमा आनुपस्थित हुनुहुन्थ्यो ।यो कार्यक्रम मार्फत् नेपालको आगामि संविधान कस्तो हुनुपर्छ भन्ने विभिन्न निर्क्यौल निस्किएको र समाजका अध्यक्ष गणेश तामाङ असनेपाल्न्युजलाई बताउनुहुन्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु