पोर्चुगल र अमेरिका २-२ गोलको बराबरीमा

असार ९ ।काठमाडौं विश्वकप फुटबल प्रतियोगिता अन्तरर्गत आज बिहान भएको खेलमा खेलमा पोर्चुगलले अमेरिकालाई २-२ को बराबरीमा रोक्दै अंक बाँडेको छ ।

अमेरिका विरुद्धको खेलमा अन्तिम मिनेटमा गोल फर्काउँदै पोर्चुगलले विश्वकप फूटबलको दोस्रो चरण पुग्ने संभावना कायम राखेको छ ।

२–१ ले पछि परेको खेलमा पोर्चुगलका सिल्भेस्ट्रे भरेलाले ईञ्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै टीमलाई एक खेल अघि नै घर फर्कनबाट घर जोगाए ।

बेल्जियम विश्वकप फुटबलको प्री क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा रसियालाई शून्यका विरुद्ध एक गोलले हराउँदै बेल्जियम समूह एच बाट एक खेल अघि नै अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टीम बन्यो । रसियालाई हराउन गएरातीको खेलमा राम्रो प्रदर्शन गरेका ओरिगीले अल्जेरियालाई २–१ ले हराएको पहिलो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु